२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

निरज यादब/पालिका टूडे
सर्लाही : एक महिनासम्म विभिन्न सर्लाहीका स्थानीय तहमा सञ्चालन गरिएको शिविरबाट २५ हजार २५४ नयाँ मतदाता थपिएका छन्।१७ वटा स्थानीय तहमा दुई चरणमा गरी सञ्चालन गरिएको मतदाता नामावली संकलन शिविरबाट २५ हजार २५४ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको हो।पहिलो चरणमा मंसिर १७ देखि पुस २ गतेसम्म आठ स्थानीय तहमा सञ्चालन गरिएको पहिलो चरणको अभियानबाट १३ हजार ३२० जना र दोस्रो चरणमा पुस ४ देखि पुस १८ गतेसम्म नौवटा स्थानीय तहमा सञ्चालन गरिएको दोस्रो चरणको शिविरबाट ११ हजार ९३४ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिए।पहिलो चरणमा बागमती, हरिपुर, लालबन्दी, हरिपूर्वा र ईश्वरपुर नगरपालिका तथा ब्रह्मपुरी, पर्सा र चन्द्रनगर गाउँपालिकामा र दोस्रो चरणमा गोडैता, कविलासी र बलरा नगरपालिका तथा रामनगर, बसबरिया, विष्णु, चक्रघट्टा,कौडेना र धनकौल गाउँपालिकामा मतदाता नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।यी सबै स्थानीय तहको कार्यालय अर्थात् केन्द्रमा राखिएको शिविरमा मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेहरुको अत्यधिक घुइँचो हुँदाहुँदै निर्वाचन आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार स्थानीय तहको केन्द्रमा राखिएको शिविर उठाइसकिएको छ।धेरैले नाम दर्ता गर्न नपाएको गुनासो आएको छ। सदरमुकाम मलंगवा नगरपालिकाको हकमा जिल्ला प्रशासन र जिल्ला निर्वाचन कार्यालयबाटै र हरिवन तथा बरहथवा नगरपालिकामा इलाका प्रशासन कार्यालयबाटै नियमित मतदाता नामावली संकलन भइरहेकाले ती स्थानीय तहको केन्द्रमा भने मतदाता नामावली संकलन शिविर राखिएन।स्थानीय तहहरुको शिविर सम्पन्न भए पनि सदरमुकाम मंलगवामा रहेको जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय तथा हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयबाट नियमित रुपमा मतदाता नामावली संकलनको काम भइरहेकाले छुटेकाहरुले त्यहाँ गएर नाम दर्ता गराउन सक्ने जिल्ला निर्वाचन अधिकृत भुजेलले बताए। उनका अनुसार यी चार कार्यालयबाट अहिले दैनिक ४०० को हाराहारीमा मतदाता नामावलीमा नाम दर्ता हुने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय