२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

काठमाडौँ
काठमाडौँस्थित नेपाल विद्यार्थी संघ मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजको तेस्रो इकाई अधिवेशन सम्पन्न भएको छ । तेस्रो इकाई अधिवेशनबाट गणेश बुढामगरको सभापतित्वमा १५ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरिएको छ ।
कलेज इकाई कार्य समितिको उप सभापतिमा नरेन्द्र बटाला र सुनिल शाही, सचिवमा सुर्य बम, सहचिवमा सुष्मा श्रेष्ठ, कोषाध्यक्षमा प्रतिमा श्रेष्ठ र सह कोषाध्यक्षमा मिलन सुनुवार चयन भएको इकाई समितिले जनाएको छ । कार्यसमितिको सदस्यहरूमा राजिव श्रेष्ठ, कुमार विष्ट, मुनबहादुर शाही, राम क्षेत्री, उदयराज गजुरेल, नारायण दाहाल, सरोज रावत र कृष्ण शर्मा चयन भएको इकाई सभापति गणेश बुढामगरले बताउनु भएको छ । नव निर्वाचित सभापति बुढामगरले संघको विधान र आदर्शलाई आत्मसाथ गर्दै सबैसंगको सहमति र सहकार्यमा अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय