२०८३ श्रावण १४ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

जुनिस कुमार बिष्ट
जेठ ११ गते
रोल्पाको सुनछहरी गाउँपालिकामा २८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
गाउँपालिकाले आज गरेको एन्टिजेन परीक्षणमा १९ जना पुरुष र ९ जना महिला गरि २८ जनामा कोरोना पोजेटिभ देखिएको गाउँपालिका पोबाङ स्वास्थ्य इन्चार्ज जनक गिरीले जानकारी दिए ।
गाउँपालिकाको वडा नम्बर २ र ३ गाममा पोजेटिभ देखिनेहरु प्रायः गरि पसले कर्मचारी सुरक्षाकर्मी र केही स्थानीयहरु रहेका वडा अध्यक्ष मोतबहादुर घर्तीमगरले बताए।
गाउँपालिकाले वडा नम्बर २ भित्रीगाम र वडा नम्बर ३ बाहिरीगामलाई लक्षित गरि गरेको परिक्षणमा ४० जना पुरुष र १२ जना महिलाको एन्टिजेन परिक्षण गरिएको थियो।
कोरोना पोजेटिभ देखिएकाहरूको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको इन्चार्ज गिरीले बताए । स्वास्थ्य अवस्था सामान्य रहे पनि ५ दिनको लागि विभिन्न प्रकारका औषधि दिएको र आफ्नै घरको क्वारेन्टाइनमा सुरक्षीत बस्न परामर्श सहित पठाइएको इन्चार्ज गिरीले जानकारी दिए ।

पोजेटिभ देखिएकाहरु होम क्वारेन्टाइनमा बस्ने र स्वास्थ्यमा कुनै समस्या आएमा तत्काल आइसोलेशनमा लैजाएर थप उपचारको व्यवस्था मिलाइएको वडा घर्तीमगरले बताए।
गाउँपालिकाको विभिन्न स्थानमा चरणबद्ध रुपमा गरिएको एन्टिजेन परिक्षणमा हाल सम्म ५२ जना लाई पोजेटिभ देखिएको छ।अहिलेसम्म पोजेटिभ भेटिएका ५२ जनाको स्वास्थ्य अवस्था सबैको सामान्य रहेको र उहाँहरु सबैजना होम क्वारेन्टाइनमै बसिरहेका गाउँपालिका स्वास्थ्य शाखा संयोजक जगत बुढाले बताए।
साथै कोरोना पोजेटिभ देखिनेको सङ्ख्या बढिरहेकोले आजै वडा नम्बर ३ बाहिरीगामले जेठ २४ गते सम्म वडालाइ सिल गर्ने निर्णय गरिएको कुरा वडा अध्यक्ष घर्तीमगरले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय