२०८२ फाल्गुन ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

रोल्पा नेपाली कांग्रेस रोल्पाले प्रतिनिधि सभा विघटनको विरुद्धमा प्रेस विज्ञप्ति जारी गरेको छ । ओली सरकारद्वारा दोस्रोपटक गरिएको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेस रोल्पाका सभापति एवम् पूर्व राज्यमन्त्री अमरसिंह पुनले विज्ञप्ति जारी गर्नु भएको छ । नेपाली कांग्रेस रोल्पाले नेपाली जनताको लामो संघर्षबाट निर्मित संविधानको मुल मर्म र भावना विपरीत म नै राज्री हुँ भन्ने भावना बोकी राष्ट्रपतिलाई समेत प्रभावमा पारी राष्ट्रपति जस्तो गरिमामय संस्थाको अवमूल्यन गरेर कठपुतली बनाई प्रधानमन्त्री ओलीले पुन: दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेको प्रती ध्यानाकर्षण भएको जनाएको छ । संविधानमाथि प्रहार गर्ने प्रधानमन्त्री ओलीको निरन्तरको कदमले लोकतन्त्र मात्र कम्जोर भएको छैन प्रधानमन्त्री र राष्ट्रपति समेत संविधानको भावना विपरीत निरंकुश र तानाशाही बाटो रोजेको प्रमाणित हुन्छ । तसर्थ संवैधानिक र राजनीतिक विधिबाट यस प्रकारको अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी कदम सच्याउदै संविधानबादको लोकतान्त्रिक मार्गमा फर्काउन सबै राजनीतिक दल र नेपाली जनतालाई एकजुट हुन पनि सभापति पुनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय