२०८३ आश्विन ३ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
राप्रपा सर्लाहीको जिल्ला अध्यक्षमा विजयप्रसाद यादव सर्वसम्मत निर्वाचित | चक्रघट्टा गाउँपालिकाले बाढीपीडितलाई ३० लाख भन्दा बढी सहयोग घोषणा | कौडेना गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकद्वारा बाढी पीडितलाई सहयोग | रसुवा-भोटेकोशी बाढीको चपेटामा कर्मचारीतन्त्र : ३६ कर्मचारी प्रभावित, तीनको शव फेला | कौडेना गाउँपालिका अध्यक्षले त्यागे नेपाली कांग्रेस, साधारण सदस्यसमेत नरहने घोषणा | आयुर्वेद स्वास्थ्यकर्मी समाज नेतृत्वमा चुनचुन प्रसाद यादव | गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा |

काठमाडौँ, ७ भदौ । धरानमा कोरोनाभाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान ८ का ६८ वर्षीय पुरुष रहेका छन् । साउन २९ गते कोरोना पुष्टि भएपछि साउन ३० गते अस्पताल भर्ना भएका थिए । ति पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९उपचार केन्द्रमा आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वास, मधुमेह र रक्तचापको समस्या भएका उनको आईसीयूमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई ४ दिनअघि प्लाज्मा थेरापी गरेर उपचार गरिएको थियो ।

धरानमा हालसम्म १ सय १ जना संक्रमितहरु रहेका छन् भने ३ जनाको मृत्यु भइसकेको छ । संक्रमण नियन्त्रणका लागि धरानमा भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय