२०८३ श्रावण १३ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

दाङ,१८ चैत
घोराही-होलेरी शहिदमार्ग भएर गुड्ने सिमेन्ट कारखानाहरुका टिप्परहरुले टाइम कार्ड पालना गरेर चुनढुङ्गा ओसारपसार पसार गर्दै आएका छन्।गत चैत्र १० गते दाङको घोराहीमा जिल्ला प्रशासनको सभा हलमा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी,रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढा,दाङ्का प्रमुख जिल्ला अधिकारी दीर्घनरायण पौडेल,प्रहरी प्रमुख एस.पी.गणेश चन्द,घोराही होलेरी संघर्ष समिति संयोजन नन्दराम खड्का,निर्माण ब्यबसायी दाङका अध्यक्ष इश्वर पुन,टिप्पर ब्यबसायी संघ दाङका अध्यक्ष भरतनाथ योगी,शहिद मार्ग कार्यालय रोल्पाका प्रतिनिधि,सोनापुर सिमेन्ट कारखानाका प्रमुख हरि पाठक,सम्राट सिमेन्ट कारखानाका प्रमुख प्रकाश भण्डारी,दाङ/रोल्पाका स्थानीय जनप्रतिनिधि,राजनैतिक दल,बुद्धिजिबी,समाजसेवी,पत्रकार,सर्वसाधारण बिच बसेको छलफलले दाङ/रोल्पाका सम्बन्धित स्थानिय सरकार प्रमुखहरु र राजनैतिक दलहरू लगाएतले प्रत्येक्ष रुपमा काठमाडौं पुगेर संघीय सरकारको ध्यानाकर्षण गराउने र र बैकल्पिक मार्ग ब्यबस्थापन गर्न बैशाख मसान्तसम्म निचोड निकाल्ने सहमति सहित सो समयाबधि भित्र टिप्परहरु बेलुका ७ बजे देखि बिहान ८ बजे सम्म मात्र चुन ढुङ्गा ओसारपसार गर्ने निर्णय गरिएको थियो।सो निर्णय लाई अहिले प्रहरी चौकि दुईखोलिले प्रभावकारी ढंगले कार्यान्वयन गराइरहेको छ।तोकिएको समय भन्दा अघि वा पछाडि चल्ने टिप्परहरुलाई दिनभर यथास्थानमा रोकेर टाइम कार्ड पालना गराइरहेको प्रहरी चौकी दुईखोलीका प्रमुख प्रहरी नायब निरीक्षक सुरेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो।यता तत्काललाई सर्वसाधारण यात्रुको यात्रा सहज र शुरक्षित बनाउन शहिदमार्गमा स्थानिय सरकारहरु,निर्माण ब्यबसायी,टिप्पर ब्यबसायी र सिमेन्ट कारखानाहरुले बाटो ग्राबेल गर्ने प्रक्रियामा रहेको रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले जानकारी दिनुभएको छ।शाथै टिप्परहरुका लागि बैकल्पिक मार्ग ब्यबस्थापन र पुनःनिर्माणका लागि संघिय सरकारको ध्यानाकर्षणका लागि पहल समिति गठन गर्ने तयारीमा समेत आफुहरु रहेको अध्यक्ष बुढाको भनाई रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय