२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

रोल्पाको त्रिबेणी गाउँपालिकाले समाजमा रहेका कुरीति,कुप्रथा,लैङ्गिक हिंसा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सचेतना मुलुक कार्यक्रमको शुरूवात गरेको छ।समाजमा विभिन्न खाले समस्याहरु बढ्न नदिन गाउँपालिकाको आयोजना तथा ईलाका प्रहरी कार्यालय होलेरीको संयोजनमा मंगलबार वडा नम्बर २ को कार्यालय नुवागाउँ स्थित सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ।महिला तथा बालबालिका शाखाले सहजीकरण गरेको कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष कबिराज बुढा,ई.प्र.का.होलेरी प्रमुख इन्स्पेक्टर शंकर खड्का,पत्रकार नन्दराम खड्का लगाएत करिब ६० जना स्थानिय महिलाहरुको सहभागीता रहेको थियो।कार्यक्रममा सहभागीहरुलाई इन्स्पेक्टर खड्काले प्रशिक्षण दिनुभएको हो।महिलाहरु आफु शुरक्षित बन्न सबै भन्दा पहिले घरमा मदिरा बनाउन नहुने र आफु माथि कुनै खालको हिंसा भएमा तुरुन्त प्रहरीमा उजुरी दिन आग्रह गर्नु भएको छ।त्रिबेणी गाउँपालिकाले शुरूवात गरेको यो अभियानको प्रभाव राम्रो परेको स्थानिय महिलाहरुको भनाई रहेको छ।रोल्पामा अत्यन्त आवश्यक र महिलाहरुलाई लक्षित गरेर त्रिबेणी गाउँपालिकाले शुरूवात गरेको यो अभियानको प्रत्येक स्थानिय तहहरुले अनुसरण गर्नुपर्ने पत्रकार नन्दराम खड्काको भनाई रहेको छ।त्यस्तै चरण बद्व रुपमा यो अभियान सबै वडामा सम्पन्न गर्ने गाउँपालिकाको महिला तथा बालबालिका शाखाकि हिरा बुढाले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय