२०८३ श्रावण १९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

लिबाङ, रोल्पा
पूर्व प्रधानमन्त्री एवम् सादगी नेता सुशील कोइरालाको सम्मानमा स्थापित सुशील कोइराला सोसलिष्ट युथ सर्कल जिल्ला समिति, रोल्पाको पूर्ण कार्य समिति घोषणा भएको छ । युथ सर्कलका जिल्ला अध्यक्ष प्रेम प्रकाश के.सी. ले एक विज्ञप्ती मार्फत जिल्ला कार्य समिति रोल्पाका पदाधिकारीहरुको नाम सार्वजानिक गर्नु भएको छ । विज्ञप्तीमा दिएको सूचना अनुसार कार्य समितिको उपाध्यक्षमा तारा प्रसाद रोका र बिना महरा, सचिवमा थमन खड्का र कोषाध्यक्षमा उर्मिला घर्ती मगर रहनु भएको छ । सह सचिवमा बुद्धिसिंह वली, प्रदिव वि.क. सुशील किरण वली र खुमराज वली एवम् सह कोषाध्यक्षमा गायत्री रिजाल चयन हुनु भएको छ । त्यसेैगरि कार्य समितिको सदस्यहरुमा हेमराज घर्तीमगर, दिपेन्द्र वली, दुर्गा प्रसाद खत्री, रमेश रोकामगर, सविना रोकामगर, जिवा डाँगी, मोहन क.सी., धनकमारी पुन, नन्दराम खड्का, कर्णविर घर्तीमगर, कुलेन्द्र बैजाली, खुमराज के.सी. राजकुमार डाँगी र रेगम घर्तीमगर रहनु भएको छ । नेपालका युवा लोकतन्त्रवादीहरुको अभियानका रुपमा सुशील कोइराला सोसलिष्ट युथ सर्कल क्रियाशील रहेको छ । युथ सर्कल जिल्ला कार्य समिति रोल्पाले लोकतन्त्र सुद्धढीकरण र सुशासनको प्रत्याभूतिको लागि विभिन्न कार्यक्रम चलाउने अध्यक्ष के.सी.ले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय