२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

लिबाङ, रोल्पा
पूर्व सिंचाई राज्यमन्त्री तथा संविधान सभा सदस्य अमरसिंह पुनले नेपाली कांग्रेस रोल्पाका बरिष्ठ जिल्ला सदस्य दुर्गाप्रसाद अधिकारीको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । समाजसेवीको समेत पहिचान बनाउनु भएका सुनिल स्मृति गाउँपालिका २ खुङ्ग्री निवासी अधिकारीको आज कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा हृदयघाटको कारणले निधन भएको हो ।
नेपाली कांग्रेस रोल्पाको सभापति समेत रहनु भएका पुनले सामाजिक सञ्जालमार्फत अधिकारीको निधनको खबरले आफूलाई अत्यन्तै दुःख लागेको उल्लेख गर्दै उहाँको निधनले कांग्रेस रोल्पाले एक अग्रज नेता र देशले एक कर्मशील राजनीतिकमी व्यक्तित्व गुमाएको बताउनु भएको छ ।
सभापति पुनले दुःखको यस घडीमा अधिकारीप्रति श्रद्धान्जलि अर्पण गर्देै शोकाकुल परिवारजनमा समवेदना प्रकत गर्नु भएको छ । अधिकारी नेपाली कांग्रेस रोल्पाको पूर्व कोषाध्यक्ष, जिल्ला विकास समितिको पूर्व सदस्य एवम् पूर्व प्रधानपञ्च समेत हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय