२०८२ मंसिर १६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सक्रौलमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न | सक्रौलमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न | जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन-पत्र | उद्योगको दुर्गन्धले बगदहवासी आक्रान्त । | जहाँ अहिले पनि गोबर गुइँठा नबाले उपाय छैन | कौडेना गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर | स्वास्थ्य संस्था स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न | मदनपुर बजार नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु एक घाइते | स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठीमा सिसौटिया स्वास्थ्य चौकी उत्कृष्ट | सुकाइराखेको पाँजाको धान भिजेपछि किसान चिन्तामा  |

सर्लाहीको कौडेना गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत सुरेशप्रसाद दास सोमवारबाट हाजिर भएका छन् । गाउँपालिकामा सरुवा भई आएका दासलाई अध्यक्ष रूपेश कुमार (बब्लु) ले दोषाला ओढाई स्वागत गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत दास केही साताअघि मात्रै जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सरुवा भएर सप्तरीको छिन्नमस्ता गाउँपालिका पुगेका थिए ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत कात्तिक २१ गते दासलाई छिन्नमस्ता गाउँपालिकाबाट कौडेना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको हो । कौडेना गाउँपालिकाका यसअघि १० महिनासम्म आयूर्वेद शाखाका कविराज डा. सोनेलाल साहले निमित्त प्रमुख प्रशासकीय अधिकृत भई जिम्मेवारी सम्हालेका थिए ।पदभार ग्रहण समारोहमा गाउँपालिका अध्यक्ष रूपेश कुमार (बब्लु),उपाध्यक्ष नगिना देवी, आयूर्वेद शाखाका कविराज डा. सोनेलाल साह,लेखा प्रमुख हरिनारायण साह, सूचना अधिकारी पंकज यादव लगायतको उपस्थिती रहेको थियो । स्वागत मन्तव्य लेखा प्रमुख हरिनारायण साहले राखेका थिए ।कार्यभार सम्हालेपछि प्रमुख प्रशासकीय अधिकृत दासले कार्यालय अनुशासन र समयपालनामा कडाइका साथ ध्यान दिन आग्रह गरे । उनले सबै कर्मचारीलाई बिहान १०ः१५ भित्र अनिवार्य हाजिर हुन निर्देशन दिँदै ढिलो आउने कर्मचारीको हाजिरी नहुने चेतावनी दिएका छन् । साथै, दासले सबै कर्मचारीले अनिवार्य रूपमा कार्यालय पोसाक लगाएर कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था कार्यान्वयन गर्ने बताएका छन् ।सर्लाहीको गोडैता नगरपालिका–८ निवासी शाखा अधिकृत दासले गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र अनुशासित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय