२०८३ श्रावण १३ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाहीको कौडेना गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत सुरेशप्रसाद दास सोमवारबाट हाजिर भएका छन् । गाउँपालिकामा सरुवा भई आएका दासलाई अध्यक्ष रूपेश कुमार (बब्लु) ले दोषाला ओढाई स्वागत गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत दास केही साताअघि मात्रै जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सरुवा भएर सप्तरीको छिन्नमस्ता गाउँपालिका पुगेका थिए ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत कात्तिक २१ गते दासलाई छिन्नमस्ता गाउँपालिकाबाट कौडेना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको हो । कौडेना गाउँपालिकाका यसअघि १० महिनासम्म आयूर्वेद शाखाका कविराज डा. सोनेलाल साहले निमित्त प्रमुख प्रशासकीय अधिकृत भई जिम्मेवारी सम्हालेका थिए ।पदभार ग्रहण समारोहमा गाउँपालिका अध्यक्ष रूपेश कुमार (बब्लु),उपाध्यक्ष नगिना देवी, आयूर्वेद शाखाका कविराज डा. सोनेलाल साह,लेखा प्रमुख हरिनारायण साह, सूचना अधिकारी पंकज यादव लगायतको उपस्थिती रहेको थियो । स्वागत मन्तव्य लेखा प्रमुख हरिनारायण साहले राखेका थिए ।कार्यभार सम्हालेपछि प्रमुख प्रशासकीय अधिकृत दासले कार्यालय अनुशासन र समयपालनामा कडाइका साथ ध्यान दिन आग्रह गरे । उनले सबै कर्मचारीलाई बिहान १०ः१५ भित्र अनिवार्य हाजिर हुन निर्देशन दिँदै ढिलो आउने कर्मचारीको हाजिरी नहुने चेतावनी दिएका छन् । साथै, दासले सबै कर्मचारीले अनिवार्य रूपमा कार्यालय पोसाक लगाएर कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था कार्यान्वयन गर्ने बताएका छन् ।सर्लाहीको गोडैता नगरपालिका–८ निवासी शाखा अधिकृत दासले गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र अनुशासित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय