२०८३ जेष्ठ ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

कौडेना, सर्लाही ।स्थानीयस्तरमा बचत, लगानी र आर्थिक अनुशासनमार्फत समुदायलाई सशक्त बनाउँदै आएको श्री साहस बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कौडेना ले आफ्नो १४औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ।कौडेना गाउँपालिका–३ स्थित शिवशक्ति को हल मा बुधबार सम्पन्न साधारणसभामा संस्थाको आर्थिक प्रगति, उपलब्धि तथा भावी कार्यदिशामाथि विस्तृत छलफल गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि कौडेना गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पच्चु चौधरी ले सहकारी संस्थाहरूले वित्तीय पहुँच विस्तार गर्दै स्थानीय नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले सहकारीमार्फत आत्मनिर्भर र समृद्ध समुदाय निर्माण सम्भव हुने उल्लेख गरे। संस्थाका अध्यक्ष माहादेव साह को अध्यक्षतामा सम्पन्न सभामा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार सदस्य, कर्मचारी तथा व्यवस्थापनको संयुक्त प्रयासले संस्थाको कारोबार सन्तोषजनक रूपमा अघि बढिरहेको छ। अध्यक्ष साहले पारदर्शिता, आर्थिक अनुशासन र सदस्यको सक्रिय सहभागिता नै सहकारीको मुख्य आधार भएको स्पष्ट पारे।कार्यक्रमको सञ्चालन अजय साह ले गरेका थिए। सभामा उपाध्यक्ष बिन्देश्वर साह, मुख्य व्यवस्थापक अजय साह, सञ्चालक समिति सदस्यहरू राम एकवाल साह, पचिया देवी यादव, रमेन्द्र बडही, संगीता जैसवाल, रागनी देवी पासवान, कौडेना गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राम उमेश राय, वडा नम्बर ७ का वडा अध्यक्ष विजय प्रसाद यादव, वडा नम्बर ५ का वडा अध्यक्ष अनिसा खातून,संस्थाका कर्मचारी, सेयर सदस्य, पत्रकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट कार्यसम्पादन गर्ने फिल्ड कर्मचारी, असल श्रेणीका सदस्य तथा नियमित बचतकर्ताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। यसले कर्मचारी र सदस्यहरूमा थप उत्साह र जिम्मेवारीबोध बढाउने विश्वास व्यक्त गरिएको छ।१४ वर्षे यात्रामा निरन्तर प्रगति गर्दै आएको श्री साहस बचत तथा ऋण सहकारी संस्थाले आगामी दिनमा अझ सशक्त, पारदर्शी र प्रभावकारी सेवा विस्तार गर्ने प्रतिबद्धता समेत जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय