२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

पाङ, रोल्पा
नेपाली काँग्रेस लुुङ्ग्री गाउँपालिका १ पाङको छिउदरमा टोल समिति बैठक आज सम्पन्न भएको छ । नेपाली काँग्रेस छिउदर टोल समितिका सभापति बुद्धिराम विष्टको अध्यक्षता एवम् नेपाली काँग्रेस लुुङ्ग्री १ पाङका वडा सभापति मोति पुनको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा विभिन्न पार्टी परित्याग गरि १२ जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस पाङ वडा समितिले जनाएको छ । लुुङ्ग्री गाउँपालिका वडा नं १ पाङका सेरुङ वि.क, करसिंह रोका, पुस्ते रोका, रविलाल रोका, गीता रोका, कुलबहादुर विष्ट, अनराम सुनार, भिमबहादुर सुनार र जाले सुनार नेकपा परित्याग गरि काँग्रेसमा प्रवेश गर्नुभएको छ । त्यसैगरि धने विष्ट र जोकमान बस्नेतले राप्रपा परित्याग गरि काँग्रेस प्रवेश गर्नुु भएको छ भने भक्ते रोका स्वतन्त्रबाट काँग्रेस प्रवेश गर्नु भएको नेपाली काँग्रेस पाङले जनाएको छ । नव प्रवेशीहरुले देश विकास र लोकतन्त्रको सम्बद्र्धन नोपली काँग्रेसबाट मात्रै सम्भव भएको बताएका छन् । कार्यक्रमको विशिष्ट अतिथिमा नेपाली काँगे्रस जिल्ला कार्यसमिति रोल्पाका सदस्य पुस्तबहादुर पुन रहनुभएको थियो । नेपाली काँग्रेस पाङ वडा समिटिका सचिव बेगम रोकाको स्वागत मनतव्यबाट सुुरु भएको कार्यक्रमको सञ्चालन छिउदर टोल समितिका सचिव शोभाराम विष्टले गर्नुु भएको नोपल तरुण दल लुुङ्ग्री गाउँपालिकाका अध्यक्ष नविन पुनले जानकारी दिनुुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय