२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

लिबाङ, रोल्पा,    नेकपाका नेता एवम् निवर्तमान सभामुख कृष्णबहादुर महरा र नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगर ‘अनन्त’ बीच नेता महाराको पूख्यौली घर रोल्पाको लिबाङमा आज विहान भेटबार्ता भएको छ । भेटघातमा सरकार र नेकपामा चलिरहेको विभिन्न विषयमा छलफल भएको थियो ।
नेता कृष्णबहादुर महारा गृह जिल्ला आएको बेला र मन्त्री पुन विभिन्न सरकारी कार्यक्रमका लागि रोल्पा आएको सन्दर्भमा दुवै जना नेताहरुको भेट भएको थियो । भेटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकारले अझै जनताका पक्षमा काम गर्नुपर्ने, श्रमजिवी जनताका हरेक क्षेत्रलाई विकास गर्नुपर्ने, गरिखाने वर्गहरुको आयस्तरलाई माथि उठाउनको लागि गरिरहेको कार्यलाई गति प्रदान गर्ने सहयोग हुने अपेक्षासहित छलफल भएको थियो ।

यसैगरी पार्टीको आन्तरिक विषयमा पनि एकतालाई बलियो र मजबुत बनाउने गरी पार्टी एकता, जनताको अभिमत, वर्तमान आवश्यकलाई ख्याल गरेर अगाडि बढ्नु पर्ने विषयमा नै छलफल केन्द्रीत रहेको थियो । पार्टीको आन्तरिक छलफल तथा बहसलाई पनि सही तरिकाले व्यवस्थापन गर्दै अगाडि बढ्नपर्ने विषयमा समेत महत्वपूर्ण छलफल भएको ऊर्जामन्त्री वर्षमान पुनमगरले अनलाईनसंग बताउनुभयो ।
दुवै  नेताहरुले रोल्पा जिल्लाको समग्रह विकास योजनालाई सार्थकता दिने, आम रोल्पा र रोल्पालीलाई सरकार र पार्टीबाट पहल गरी समृद्ध बनाउने विषयमा पनि घ छलफल भएको नेता  कृष्णबहादुर महराले बताउनुभयो । रोल्पा जिल्लामा रहेका अगुवा कार्यकर्ताहरुलाई पनि सामूहिक रुपमै भेट गर्नुभएको छ । भेटमा आन्तरिक छलफलमा कुनै पनि हालतमा तरंगीत नहुन र रोल्पालाई विगतको झै एकताबद्ध गर्नकालागि दुवै नेताले अपिल गर्नुभएको छ । नेताहरुको यो भेटलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय