२०८३ श्रावण १९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

होलेरी,पुष २४
रुन्टीगढी गाउँपालिकाले होलेरीलाई केन्द्र बनाएर छुट्टै वडा बनाउनका लागि प्रक्रिया बढाउन थालेपछि जनताको भावना बिपरित गतिविधि नगर्न भन्दै नेपाली काङ्ग्रेस रुन्टीगढी सभापति जनक पुन आक्रोशित बन्नु भएको हो।रुन्टीगढी गाउँपालिकाले नयाँ वडा निर्माणका लागि अगाडि बढाएको सिमाङ्कनको बिषयमा शुक्रवार आयोजित सुझाव संकलन कार्यक्रमा उहाँले जनभावना बिपरित आफ्नो स्वार्थ पुरा गर्ने कुचेष्टा नगर्न स्थानिय सरकारलाई कडा चुनौती दिनु भएको हो।कार्यक्रममा बोल्दै उहाँले रुन्टीगढी गाउँपालिका वडा नम्बर ५ र ६ का जनताहरुलाई वडा कार्यालय पुग्न दिनभर हिड्नु पर्ने अबस्था रहेकाले यि वडाहरुमा हेरफेर गर्नुको साटो एकाध ब्यक्तिहरुले आफ्नो स्वार्थ पुरा गर्न होलेरीलाई केन्द्र बनाएर राजनैतिक थलो बनाउन खोजेको बताउँनु भएको हो।बिकास सबै जनतालाई समानन्तर तरिकाले हुनुपर्ने ठाउँमा दुर्गमलाई छोडेर सुगमतिर मात्र स्थानिय सरकारले चासो दिएको बताउँनु भएको हो।बिना स्वार्थ जनताका लागि वडा कार्यालय पुग्न सहज बनाउने हो भने रुन्टीगढी गाउँपालिकाले वडा नम्बर ५ र ६ को बिषयमा सोचेर सहज बनाउन आग्रह गर्नु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय