२०८३ श्रावण १९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाहीको रामनगर गाउँपालिका वडा न.-३ मा रहेको श्री तपस्वी जगदेव माध्यमिक बिधालयको नवनिर्मित भवनको उदघाटन कार्यक्रम सम्पन्न भएको छ।सोमबार समान्न कार्यक्रमकै क्रममा सो बिधालयको नवनिर्मित दुई तल्ले पक्की भवनको उदघाटन संघीय सांसद मिना यादवद्वारा सु-सम्पन्न भएको हो।तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत ६४ लाखको लागतमा सो भवन तयार भएको छ । उदघाटन गर्दै सांसद यादवले शिक्षा र स्वास्थमा सुधार ल्याउनु मुख्य प्राथमिकता रहेको बताईन। कार्यक्रममा नृत्य प्रदर्शन गरेका छात्रा-छात्रलाई प्रोत्साहन स्वरुप २० हजार नगद हस्तान्तरण गर्नु भयो।कार्यक्रमलाई सम्बोधन गर्दै रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादवले शिक्षाको गुणस्तर सुधारका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भए देखि नै बजेटमा प्राथमिकता दिएर भौतिक संरचना निर्माणका साथ-साथै खेलकुदका अतिरिक्त क्रियाकलाप शैक्षिक महोत्सव , दिवा खाजामा सुधारका कार्यक्रमहरु अघि सारी सकेको र गर्मी छल्न प्रत्येक बिधालयमा पंखा बितरण लगायत राम नगरमा लोक सेवा आयोग कक्षा संचालन हुने बताउनु भयो। साथै अध्यक्ष यादवले यस तपस्वी जगदेव माध्यमिक बिधालयलाई नमुना बिधालय बनाउने मुख्य अठोट रहेको समेत बताउनु भयो।कार्यक्रमा प्रमुख अतिथिका रुपमा पाल्नुभएका पुर्व सांसद तथा संविधान सभा सदस्य शिव पुजन यादवले शिक्षाको विकास बिना अन्य क्षेत्रको विकासको परिकल्पना गर्न नसकिने बताउनुभयो ।गुणस्तरीय शिक्षा नै आजको आवश्यक्ता भएको भन्दै यादवले शिक्षाका लागि भौतिक पूर्वाधारले महत्व राख्ने धारणा राख्नुभयो । उहाँले अनुकुल वातावरण भएपछि मात्रै विद्यार्थीहरुलाई अध्ययन अध्यापनमा मन लाग्ने हुँदा भवनसँगै अन्य भौतिक पूर्वाधारको पनि विकास गर्दै जाने दृढता व्यक्त गर्नुभयो ।संविधान सभा सदस्य यादवले बिधालयलाई भय रहित , राजिनितिकरण रहित र भेदभाव र आफन्तवाद रहित बनाउन र सरसफाइमा ध्यान दिन प्रधानप्राध्यापक गजेन्द्र प्रसाद यादवलाई अनुरोध गर्दै दुई बर्ष भित्र यस तपस्वी जगदेव माध्यमिक बिधालयलाई नमुन बिधालय घोषित गराउने प्रतिबद्धता ब्यक्त गरे।कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गिता देवि साह,प्रमुख प्रसाशकिय अधिकृत कृष्ण कुमार यादव, पुर्व जिल्ला सभापति तपस्वी राय, बिधालय ब्यबस्थापन समितिका अध्यक्ष जगदेव राय यादव , वडा अध्यक्ष अजय यादव, सदानन्द यादव,शिक्षा बिज्ञ नन्दकिशोर यादव , रामनगर गाउँपालिकाका शिक्षा संयोजक फेकु राय यादव , नेता जवाहर यादव , रमेश यादव लगायत शिक्षक, अभिभावक , बिद्यार्थीहरुको उपस्थित रहेको थियो। (CP)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय