२०८३ श्रावण १९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही – मंगलवार गोडैता नगरपालिकामा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन ( एमडीए ) अभियान कार्यक्रम सञ्चालन सम्बन्धी पालिका स्तरीय योजना तथा बहु निकाय गोष्ठी सम्पन्न भएको छ।पालिका स्तरीय योजना तथा बहु निकाय गोष्ठी कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख देवेन्द्र यादव ले नगरपालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन ( एमडीए ) अभियान सफल पार्न आफूहरू पूर्णरुपमा लागि पर्ने बताए ।उनले आम नागरिकको स्वास्थ्यमा नगरपालिका संवेदनशिल रहेको र हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्ने अभियानलाई सफल पार्न सम्पूर्ण वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सबैलाई आफ्नो ठाउँबाट काम गर्न अनुरोध गरे । यस्तै गोडैता नगरपालिका का उप प्रमुख अन्जना कुशवाहले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियानलाई नतिजा देखिनेगरी सञ्चालन गरिने बताए । उनले नगरपालिका का सबै स्वास्थ्यकर्मीहरूलाई गाउँ गाउँमा नतिजा आउने गरी हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियानमा सहभागी हुन अनुरोध गरे ।कार्यक्रममा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत रमेश यादवले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन ( एमडीए ) अभियान बारे प्रष्ट पारेका थिए। गोडैता नगरपालिका का स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडितको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जन स्वास्थ्य निरीक्षक सुशील कुमार झा ले गरेका थिए । गोडैता नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरिएको गोष्ठीमा नगर प्रमुख÷उप प्रमुख ,प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संयोजक,नगरपालिका का विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी,जिल्लाका फोकल पर्सन, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, आर टी आई साथै विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।नगरपालिकामा फाल्गुन ११गते देखि ५२ हजार ८ सय ५४ जनालाई हात्तीपाइले रोग विरुद्धको आम औषधि खुवाउने लक्ष्य समेत रहेको स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडित ले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय