२०८३ श्रावण १९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही,११ कार्तिक–सर्लाही निर्वाचन क्षेत्र नं.३ (ख) बाट प्रदेश सभा सदस्यका स्वतन्त्र उमेदवार रहेका सरोज कुमार रायले मतदाता भेटाघाट कार्यक्रमलाई तिव्र बनाएका छन । प्रदेशसभा सदस्यका उमेदवार सरोज कुमार रायले शुक्रबार बरहथवा नगरपालिकको वडा नम्बर नं.१७ श्री पुरमा घरदौलो कार्यक्रम गर्दै मतदाताहरुसँग भेटघाट गरेका छन् ।भेटघाटको क्रममा मतदातामा आफु प्रतिदेखिएको उत्साह र समर्थनले आत्मबल बढएको उम्मेदवार रायले वताए । यस पालिको निर्वाचनमा यस क्षेत्रको मतदाता आफुलाई जिताएर इतिहास रच्न आतुर समेत रहेको रायको दावी छ । राय सर्लाहीको निर्वाचन क्षेत्र न-३ (ख) बाट स्वतन्त्र उमेदवारको रुपमा लालटेन छाप लिएर चुनावी मैदानमा उत्रिएका हुन्।उहाँ क्षेत्र न-३ मा मात्र नभई सर्लाहीको चारवटै क्षेत्रमा चिरपरिचित व्यक्ति हुनुहुन्छ । उहाँ विदेशमा जेल जीवन विताइरहेका र मृत्युदण्ड पाएका कैयौं नेपालीहरुको जीवन रक्षा गरी स्वदेश फर्काउन सफल हुनुभएको छ। भारतबाट समेत कैयौं नेपालीहरुको उद्धार गरिसक्नु भएको उहाँका निकटतम ब्यक्तिहरुले जनाएका छन् । सो क्षेत्रमा उहाँको प्रतिस्पर्धा नेपाली कांग्रेसका उमेदवार हरेश महतो र जनता समाजवादी पार्टीका उम्मेदवार संजय कुमार यादव बिच रहेको भएपनि रायको चर्चा महतो र यादवको भन्दा बढी रहेको छ । आम जनताहरुको बीच राजनीतिक दलहरु प्रतिको बितृष्णा बढदै गएको अवस्थामा समाजिक सेवामा आफ्नो जीवन अर्पण गरेका रायले स्वतन्त्र उम्मेदवारी दिए पछि सो क्षेत्रका जनताहरुमा अब केही हुन्छ कि भनेर आशा पलाएको उहाँ निकटका ब्यक्तिहरुले बताएका छन् ।समाजिक अभियान्ता समेत रहेका उमेदवार रायले परिर्वतन र रास्ट्र निर्माणको अभियानमा सहयोग गर्न लालटेन छापमा मतदान गर्न सबैमा अपिल समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय