२०८३ श्रावण २० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही २३ साउन । सर्लाहीको कौडेना गाउँपालिकामा विष्णु भगवानको मन्दिर र सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ ।नेपाली काङ्ग्रेसकि सहमहामन्त्री महालक्ष्मी उपाध्याय `डिना´ र गाउँपालिका अध्यक्ष रुपेश कुमार यादवले संयुक्त रुपमा कौडेना गाउँपालिका–२ इनरवास्थित मन्दिरको जग्गामा विष्णु भगवानको मन्दिर र सरकारी जग्गामा सामुदायिक अस्पतालको शिलान्यास गरेका हुन् ।फाल्गुन मसान्तसम्ममा संचालन हुनेगरी कौडेना गाउँपालिकाको बजेटबाट मन्दिरको जग्गामा २ करोड रुपैयाँको लागतमा विष्णु भगवानको मन्दिर र ६ करोडको लागतमा कोभिड अस्पताल नजिक सरकारी जग्गामा १० सैयाको सामुदायिक अस्पताल निर्माण हुनलागेको गापा अध्यक्ष यादवले जानकारी दिए ।गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसकि सहमहामन्त्री महालक्ष्मी उपाध्याय `डिना´ र विशिष्ट अतिथि नेपाली काङ्ग्रेस सर्लाहीका नेता जंगिलाल राय यादव रहेका थिए भने सहमहामन्त्री डिना र गापा अध्यक्ष यादवले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय