२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा जलेर सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । हुलाकी सडक निर्माणका क्रममा गोडैता–४ रोहुवास्थित आज साँझ ६ बजेको समयमा तातो अलकत्रा बोकेको ट्याङ्करमा वेल्डिङ्ग गर्ने क्रममा पड्किँदा कामदारसहित सात जना जलेर घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक विजय यादवले जानकारी दिए ।गम्भीर घाइते चारलाई काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा रेफर गरिएको उनले जानकारी दिए । घाइते हुनेमा गोडैता–४ रोहुवाका २० वर्षीय शिवु चौधरी, उनका भाई १९ वर्षीय अनुराग चौधरी, स्थानीय ३५ वर्षीय बिजुली राउत, १९ वर्षीय अभिषेक पटेल, हुलाकी सडक निर्माणमा काम गर्ने कामदार रौतहट माधवनारायण नगरपालिका–४ का ३० वर्षीय सुरेन्द्र हजारी, रौतहट चन्द्रनिगाहपुर नगरपालिका–४ बस्ने ३२ वर्षीय राजीव साह र पर्सा जिल्ला बहुदरामाई नगरपालिका–६ बस्ने ३८ वर्षीय गोपाल यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।जलेर घाइते भएका तीनको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । ईन्दु एण्ड ठोकर एण्ड साह निर्माण कम्पनीले हुलाकी सडकअन्तर्गत सर्लाहीको गोडैतामा कालोपत्र गर्ने काम सुरु गरेको छ । अलकत्रा बोक्ने ना १ क ६०३९ नम्बरको ट्याङ्करलाई मर्मत गर्ने क्रममा उक्त घटना हुन पुगेको सर्लाही प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय