लक्ष्मण यादव /
सर्लाही: सर्लाहीको बसबरिया गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिँदै आर्थिक वर्ष ०७९/८० का लागि २५ करोड ५० लाखबराबरको बजेट सार्वजनिक गरेको छ ।दोस्रो गाउँसभाबाट गाउँपालिकाका अध्यक्ष राम सिंहासन रायले बजेट सार्वजनिक गरेका हुन् । गाउँपालिका अध्यक्ष राम सिंहासन रायले जनसंख्यालाई मुख्य आधार बनाई नीति तथा कार्यक्रममा व्यवस्था भएबमोजिम आर्थिक, सामाजिक, कृषि, पशुपालन, भौतिक, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, संस्थागत विकास सुशासनसमेतका विषयलाई समेटिएको र बसबरिया गापाको शिक्षाको अवस्था देशकै सबैभन्दा जीर्ण रहेको भन्दै सबैभन्दा बढी शिक्षालाई प्राथमिकता दिएको बताए । उनले पालिका भित्र टावर र भुमि बैंक स्थापना गर्ने तथा स्वास्थ्यलाई पनि प्राथमिकता दिएको जानकारी गराए ।पछिल्लो वर्षको बक्यौता रकम रु. ३ करोड तिर्नुपर्ने पनि उनले बताए । पालिकाभित्र भएको बेरुजु दाखिलाका लागि ताकेता गरेर शून्यमा ल्याउने र सार्वजनिक सेवा प्रवाहलाई नागरिकको पहुँचयोग्य बनाउने नीति बनाएको उनको भनाइ छ ।गाउँपालिका अध्यक्ष राम सिंहासन राय यादवको सभापतित्व र संविधान सभा सदस्य मा. किरण यादवको प्रमुख आतिथ्य तथा माननीय संजय कुमार यादवको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

