२०८३ श्रावण २० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

निरज यादव/
सर्लाहीको कौडेना गाउँपालिका वडा न-३ स्थित पुरानो विद्यालय श्री जनता माध्यमिक विद्यालले कौडेना गाउँपालिका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाईको साथै सफल कार्यकालको शुभकामना दिंदै सम्मानित गरेको छ।विद्यालयको प्रांगणमा सोमवार आयोजित कार्यक्रमा विद्यालयका प्रधानाध्यापक नागेन्द्र प्रसाद यादवले स्थानीय तह निर्वाचन २०७९ मा कौडेना गाउँपालिकामा निर्वाचित भएका गाउँपालिका अध्यक्ष रुपेश कुमार(बब्लु),उपाध्यक्ष नगीना देवीसहित वडा न १ देखि वडा न-७ सम्मका सबै नवनिर्वाचित वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरूलाई एक समारोहको आयोजना गरि सम्मान पत्र,दोसल्ला,अविर र माला लगायर बधाईका साथ सम्मानित गरेको हो। उक्त कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्नुभएका गाउँपालिका अध्यक्ष रुपेश कुमार (बब्लु) ले कार्यक्रम मा बोल्दै शिक्षा क्षेत्रमा आफूले केही राम्रो गरेर देखाउन चाहेकोले सबै संग मिलेर शिक्षामा सुधार गर्न आफू तयार रहेको बताए साथै गाउँपालिका क्षेत्र भित्रका सबै सामुदायिक विधालयहरूको स्तरोन्नतिमा लगानी गर्ने तत्पर समेत रहेको बताउनु भएको छ ।कार्यक्रममा उपस्थित अतिथिहरुले तराई मधेशको शिक्षा क्षेत्रमा विकृति मौलाउदै गएको भन्दै चिन्ता व्यक्त गर्दै शैक्षिक विकृतिलाई क्रमश: न्यूनीकरण गर्दै जानु पर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय