
कोभिड १९ ले मानव सभ्यता नै संकतमा पार्ने गरि संसार आक्रान्त गराएको विषम प्रतिकूल अवस्था छ। यो विश्वव्यापी महामारी नेपाललाई पनि अछुतो राख्ने कुरा भएन हाल नेपालमा दिनहुँ सयौंको संख्यामा मानिसहरु मृत्युवरण गरिरहेका छ्न भने दैनिक हजारौंको संख्यामा सकृय संक्रमित पहिचान भैरहेका छ्न । सक्रिय संक्रमितको संख्या लाखौ पुगिसकेको सरकारद्वारा दैनिक जारी गरिने रिपोर्टले बताउँछन् । यसको नियन्त्रणमा तीनै तहका सरकार लगभग असक्षम भइ रहेको जनताको बुझाइ छ । संघीय, प्रदेश र स्थानीय सरकारले सुरुवाती चरणदेखि नै कोभिडको नियन्त्रणमा खासै प्रभावकारी भूमिका निर्वाह गरेको देखिदैन । पहिलो लहरको समयमा तीनै तहका सरकारले अपारदर्शी र अव्यवस्थित तरिकाले बजेटको फजुल खर्च गरियो । जुन कुराले हाम्रो स्वास्थ्य प्रणालीमा खासै प्रभाव पार्न सकेन । देशले एक लहरको संक्रमण पार गर्दा समेत यसबाट सरकारले पाठ सिकेन वा सिक्न चाहेनन् । फलस्वरूप दोस्रो लहरको मार धेरै परेको छ । यसको मार गत बर्ष नभएको पनि हैन तर पनि बिगतको पाठबाट केही सिक्नु त कहाँ छ, उल्टो राज्यको तर्फबाट ठुलो शक्ति सडक प्रदर्सनको होडबाजीले सतायो । लाग्यो कि जनमत कसको पक्षमा देखाउने एकमात्र विकल्प सदक प्रदर्सन मात्रै हो । ठाउँबाट हजारौं गाडीहरू मान्छे बोकेर राजधानी केन्द्रित गराइ । तर आजको यो विषम परिस्थितिमा जनता कसरी बचाउने भन्नेतिर भने कसैको चासो चियो चर्चा बहस चलेन बरु सत्ता कसरी जोगाउने भन्नेतिर ध्यान गयो। यो विषयमा बहस किन बनेन कि हामिले जनता कसरी जोगाउने ? यतिबेला राज्य संचालकले पक्ष वा विपक्ष जोसुकै होस राष्ट्रको संकटमा राज्यलाई कसरी उनमुक्ति दिने भन्ने विषयमा भन्दा पनि अलपमत र बहुमतको हिसाबकिताबमा राज्यनै बढि केन्द्रीकृत भएको देखिन्छ। त्यसो त भयो भयो हुदा छदाको सरकारलाई पनि संवैधानिक भन्दै चुनावी अवस्थामा जानू कत्तिको न्यायोचित हो ? अहिले काहीँ नभाएको जात्रा हाडी गाउँमा भनेझैं हामीसँग यतिखेर पर्याप्त मात्रामाअक्सिजन सिलिन्डर छैनन् । जनता अकालमा मृत्युको मुखमा पुगिरहेका छन् । सरकार खर्च छैन भन्छ । चुनाव गर्ने करोडौं खर्च जुटाउने चाहिँ कसरी ? त्यतिको चेतना त छ होला नि खाली जनतालाई भ्रम राख्ने कहिले सम्म ? के यो विषम परिस्थितिको विकल्प चुनाब नै हो त ? के चुनाव मात्र रास्ट्र संकटबाट जोगिने अन्तिम विकल्प हो ? यसकारण चुनाव हैन सरकार पहिले जनता बचाउ ? जनता बचाए फिरी तिमी नै सत्ता जानेछौ । जनताको दुवा लाग्ला ।
( लेखक योगेन्द्र रोकामगर विभिन्न सामाजिक अभियानमा लाग्नु भएको छ । उहाँको स्थाई ठेगाना परिवर्तन गाउँपालिका वडा न. १ रोल्पामा पर्दछ । )