२०८१ चैत्र ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode

कौडेना -शुक्रबारदेखि कौडेनामा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ।कौडेना गाँउपालिकाको आयोजनामा अध्यछ कप टि–१६’ क्रिकेट सुरु भएको हो।कौडेना –०१ सुखचैनास्थित देवधारी मा.बी को खेल ग्राउण्ड मा सुरु भएको प्रतियोगिता आगामी फाल्गुन १९ गतेसम्म चल्ने छ। लिग प्रणालीमा खेलाइने प्रतियोगितामा कौडेना वार्ड नम्बर:१,वार्ड नम्बर:२, वार्ड नम्बर:३,वार्ड नम्बर:४,वार्ड नम्बर:५,वार्ड नम्बर:६,वार्ड नम्बर:७ र एक कर्मचारीको टिम गरी ८ टोलीको सहभागिता रहने पालिकाले जनाएको छ। प्रतियोगिताका विजेतालाई २१ हजार रुपैया,शिल्ड तथा प्रमाणपत्र तथा उपविजेतालाई ११ हजार रुपैया,शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने छ। प्रतियोगिता कार्यक्रमको उद्घाटन गाँउ पालिका अध्यछ रुपेश कुमार उर्फ (बबलु)ले गरेका थिए।त्यस्तै शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं:७ सक्रोल टिमले पालिकाको कर्मचारी टिमल लाई पराजित गर्दै विजयी सुरुवात गरेको छ।निर्धारित १६ ओभरको खेलमा पालिकाको कर्मचारी टिमलाई ६२ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ्ग गरेका वार्ड नम्बर ७ सैक्रोलका टिमले १६ ओभरमा ५ बिकेटको नोकसान मा २१७ रन बनाएका थिए। वार्ड नम्बर:७ सैक्रोल टिमका लागि इरफानले सर्वाधिक ७२ रन र रत्नेश यादव ले ५६रन बनाएका थिए।वार्ड नम्बर:७ सैक्रोल टिमका लागी इरफानले ४ विकेट र आरिफ राजाले ३ विकेट लिएका थिए। प्रतियोगितामा ७ वटा वडा र एक कर्मचारीको टिम गरि ८ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय