२०८३ श्रावण २० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

रामनगर – सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित रामनगर गाउँपालिका – ३, रामटोलका आगलागी पिडित अनुप महरालाई गाउँपालिकाले सहयोग गरेको छ। पालिकाका अध्यक्ष राजाबाबु यादव र सोहि वडाका वडा अध्यक्ष अजय यादव सहितको टोलि मंगलबार पिडित कै घरमा पुगेर अनुगमन गरि पिडितलाई तत्कालका लागि राहत सामानहरु सहयोग गरेका हुन्। गाँ.पा अध्यक्ष राजाबाबु यादवका अनुसार तत्कालका लागि खानेकुरा, ग्यास, सिलिन्डर, भाडा ब्रतनसहित त्रिपाललगायत सामान पिडितलाई सहयोग गरिएको हो। छिटै नै अरु थप सहयोग गर्ने आश्वासन दिइएको छ। गएसाझ करिव ७ बजेतिर अनुपको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा घर पूर्णरुपमा जल्नुका साथै घर भित्र रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन्। साथै आगलागीमा जलेर ५ वटा बाख्रा मरेका छन् भने प्रहरीका अनुसार आगलागीबाट करिव ५ लाख रुपैयाँ बराबरको क्ष्यति भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय