२०८१ चैत्र ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode

रामनगर – सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित रामनगर गाउँपालिका – ३, रामटोलका आगलागी पिडित अनुप महरालाई गाउँपालिकाले सहयोग गरेको छ। पालिकाका अध्यक्ष राजाबाबु यादव र सोहि वडाका वडा अध्यक्ष अजय यादव सहितको टोलि मंगलबार पिडित कै घरमा पुगेर अनुगमन गरि पिडितलाई तत्कालका लागि राहत सामानहरु सहयोग गरेका हुन्। गाँ.पा अध्यक्ष राजाबाबु यादवका अनुसार तत्कालका लागि खानेकुरा, ग्यास, सिलिन्डर, भाडा ब्रतनसहित त्रिपाललगायत सामान पिडितलाई सहयोग गरिएको हो। छिटै नै अरु थप सहयोग गर्ने आश्वासन दिइएको छ। गएसाझ करिव ७ बजेतिर अनुपको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा घर पूर्णरुपमा जल्नुका साथै घर भित्र रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन्। साथै आगलागीमा जलेर ५ वटा बाख्रा मरेका छन् भने प्रहरीका अनुसार आगलागीबाट करिव ५ लाख रुपैयाँ बराबरको क्ष्यति भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय