२०८१ चैत्र ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode

नेपाल पत्रकार महासंघ सर्लाहीले शनिवार सदरमुकाम मलंगवामा आयोजना गरेको एक समारोहका बिच लोकतन्त्र दैनिकका प्रमुख सम्पादक एवं पत्रकार यादवलाई सम्मानपत्रसहित १५ हजार ५५५ नगद राशिको पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । मलंगवा नगरपालिका-१० स्थित जानकी पार्टी प्यालेसमा आयोजना गरिएको महासंघ सर्लाही शाखा द्वारा प्रकाशित “पत्रकारिता र सेरोफेरो” नामक स्मारिका विमोचन तथा नव निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रमको अवसरमा सर्लाहीमा क्रियाशीलरुपले निरन्तर पत्रकारिता गर्दै सामाजिक सेवामा अमूल्य योगदान पुर्याएकोमा उच्च मुल्यांकन गर्दै पत्रकार यादवलाई सम्मानित गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका पुर्वअध्यक्ष टंकबहादुर क्षेत्रीले बताए । आगामी दिनमा पनि जिल्लामा सक्रिय रूपमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने अध्यक्ष क्षेत्रीले जानकारी दिए । सो अवसरमा महासंघ सर्लाहीका नव निर्वाचित पदाधिकारीहरुको पदस्थापनसँगै पुर्ब जिल्ला अध्यक्ष ,पुर्ब पदाधिकारीहरु लगायत पत्रकारिता क्षेत्रको विकासको लागि सहयोग पुर्याएका विभिन्न क्षेत्रमा आबद्ध विशिष्ट ब्यक्तित्वहरुलाई पनि कदर पत्र द्वारा सम्मान गरिएको थियो।
 उक्त पुरस्कार पूर्वसञ्चारकर्मी तथा मधेस प्रदेशका पुर्व प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) को सहयोगमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाले बि.स २०७६ सालमा स्व. गजेन्द्रनारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कारका लागि ५१ हजारको कोष स्थापना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय