२०८३ श्रावण १९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

नेपाल पत्रकार महासंघ सर्लाहीले शनिवार सदरमुकाम मलंगवामा आयोजना गरेको एक समारोहका बिच लोकतन्त्र दैनिकका प्रमुख सम्पादक एवं पत्रकार यादवलाई सम्मानपत्रसहित १५ हजार ५५५ नगद राशिको पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । मलंगवा नगरपालिका-१० स्थित जानकी पार्टी प्यालेसमा आयोजना गरिएको महासंघ सर्लाही शाखा द्वारा प्रकाशित “पत्रकारिता र सेरोफेरो” नामक स्मारिका विमोचन तथा नव निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रमको अवसरमा सर्लाहीमा क्रियाशीलरुपले निरन्तर पत्रकारिता गर्दै सामाजिक सेवामा अमूल्य योगदान पुर्याएकोमा उच्च मुल्यांकन गर्दै पत्रकार यादवलाई सम्मानित गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका पुर्वअध्यक्ष टंकबहादुर क्षेत्रीले बताए । आगामी दिनमा पनि जिल्लामा सक्रिय रूपमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने अध्यक्ष क्षेत्रीले जानकारी दिए । सो अवसरमा महासंघ सर्लाहीका नव निर्वाचित पदाधिकारीहरुको पदस्थापनसँगै पुर्ब जिल्ला अध्यक्ष ,पुर्ब पदाधिकारीहरु लगायत पत्रकारिता क्षेत्रको विकासको लागि सहयोग पुर्याएका विभिन्न क्षेत्रमा आबद्ध विशिष्ट ब्यक्तित्वहरुलाई पनि कदर पत्र द्वारा सम्मान गरिएको थियो।
 उक्त पुरस्कार पूर्वसञ्चारकर्मी तथा मधेस प्रदेशका पुर्व प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) को सहयोगमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाले बि.स २०७६ सालमा स्व. गजेन्द्रनारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कारका लागि ५१ हजारको कोष स्थापना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय