२०८१ चैत्र २९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode

सर्लाही — सर्लाही जिल्लाको बसबरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव साह दुई महिनादेखि कार्यालयमा नआएको तथ्य सार्वजनिक भएको छ। स्रोतका अनुसार, उनी बरहथवामै बसेर गाउँपालिकाको प्रशासनिक कार्य गरिरहेका छन्।स्थानीय स्रोतहरूले जनाए अनुसार साहले कार्यालयमा नगइकनै बरहथवामै बसेर कागजातहरूमा हस्ताक्षर गर्ने, फाइलहरू मगाएर काम गर्ने गरेका छन्। गाउँपालिकाका कर्मचारीहरुका अनुसार, “हाकिम साहेब बीस दिनमा एकपटक कार्यालयमा आउनुहुन्छ आए पछी एक छिन पनि बसनु हुन अनि महिना भरिको आपनो हाजरि मा साइन गरेर जानुहुन्छ।” कर्मचारीहरुका अनुसार साहकै गैर जिम्मेवार रवैयाका कारण पालिकाका कर्मचारीहरूले समयमा तलब खान नपाएको, र विकास निर्माणका कार्यहरू पनि ठप्प भएको बताएका छन।”साहले पालिकामा आएका इन्जिनियरलाई समेत हाजिर नगराई फिर्ता पठाएको गुनासो गाउँपालिका अध्यक्षले गरेका छन्। अध्यक्षका अनुसार, “उहाँ आफैँ निर्णय लिन्छन्, इन्जिनियर आएर हाजिर हुन खोज्दा रोकिनुहुन्छ, यस्तो मनपरी व्यवहार सहन सकिने अवस्था छैन उहाले भन्नु भो ।”जब यस विषयमा पत्रकारले साहसँग फोन बाट सम्पर्क गरेर सत्य तथ्य के हो भनेर सोधदा , उनले ठुलो स्वरमा भने “जे लेख्नु छ लेख्नु, मलाइ फर्क पर्दैन”भन्ने प्रतिक्रिया समेत दिएका थिए।
सेवाग्राहीहरू सास्तीमा:
साहको गैरजिम्मेवार र उदासीन व्यवहारका कारण सेवाग्राहीहरू अत्यधिक समस्यामा परेका छन्। गाउँपालिका भित्रका विकास निर्माण कार्यहरू अलपत्र छन् भने नागरिक सेवाहरू पनि प्रभावित भएका छन्। सेवा लिन आएका सर्वसाधारणहरू दिनभरी पर्खिएर खाली हात फर्किन बाध्य भएको गुनासो सर्वत्र सुनिन थालेको छ।एक स्थानीय वृद्ध सेवाग्राहीले भने, “हामी कार्यालय जान्छौं, हाकिम छैनन् भनेर फर्काइन्छ, सिफारिस हुँदैन, अनि काम कहिले होला भनेर दिन दिनजसो धाइराख्नुपरेको छ।”
कर्मचारीहरू असन्तुष्ट:
गाउँपालिकाका कर्मचारीहरू पनि प्रमुख प्रशासकीय अधिकृतको यस रबैयाबाट अत्यन्तै असन्तुष्ट छन्। कर्मचारीहरुका अनुसार,“हाकिम साहेब बीस दिनमा एकपटक आउनु हुन्छ आए पनि बसनु हुन्न न कुनै निति निर्देसन दिनु हुन्छ न केहि सोधछ मात्र उहा महिना भरिका आपनो हाजरिमा एकैचोटि साइन गरेर जानु हुन्छ अब असार मसान्त बितन ३ माहिना मात्र बाँकी छ, न विकास निर्माणका कामहरू अघि बढेका छन् नत कर्मचारीहरु समयमा तलब खान पाइएको छ । कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत न आउदा कार्यशैली पनि अस्तव्यस्त बनेको कर्मचारीहरुले गुनासो गरेका छन् ।
सम्बन्धित निकाय मौन:
स्थानीयवासीहरूले पटक–पटक प्रमुख प्रशासकीय अधिकृतको यो लापरवाहीबारे सम्बन्धित अधिकारी र निकायहरूलाई जानकारी गराए पनि अहिलेसम्म कुनै ठोस कारबाही भएको छैन। यसले जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही सबैलाई निराश बनाएको छ।
पत्रकारसँगको संवाद विवादास्पद:
यस प्रकरणमा पत्रकारले प्रमुख प्रशासकीय अधिकृत साहसँग फोन सम्पर्क गर्दा साहले अत्यन्तै अवहेलनायुक्त व्यवहार गरेको छ। पत्रकार ले पालिकामा नआउनुको कारण र उत्पन्न समस्याबारे प्रश्न गर्दा साहले ठूला स्वरमा “जे लेख्नु छ लेख्नु, फर्क पर्दैन” भनेर उत्तर दिएका थिए।सार्वजनिक पदमा बसेका व्यक्तिबाट यस्तो अमर्यादित प्रतिक्रिया आएकाले यो प्रकरण झनै विवादास्पद बनेको छ। जनताको करबाट तलब भत्ता खाने जिम्मेवार पदाधिकारीबाट यस्तो गैरजिम्मेवार व्यवहारले प्रशासनिक शिष्टाचार र सुशासनमाथि प्रश्न चिन्ह खडा भएको छ।
कानुनी र नैतिक जिम्मेवारी:
नेपालको संविधान र स्थानीय शासन सञ्चालन ऐनअनुसार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा नियमित उपस्थिति जनाउनु, सेवाग्राहीलाई सेवा पुर्‍याउनु, र विकास योजनाहरू कार्यान्वयन गर्नु कानुनी दायित्व हो।तर साहको पछिल्लो व्यवहारले यी सबै मान्यतालाई तोडेको देखिन्छ।नैतिक रुपमा समेत जिम्मेवार मानिने प्रशासकीय अधिकृतको भूमिकाले सेवाग्राहीको भलो गर्नुको सट्टा दुःख दिन थालेको अवस्था सृजना भएको छ।
स्थानीयको आह्वान: कारबाही होस्:
स्थानीयबासीहरू प्रमुख प्रशासकीय अधिकृत संजीव साहमाथि छानबिन गरी आवश्यक कारबाही हुनुपर्ने माग गरेका छन्। “हामी जनता कर तिर्छौं, सेवा लिने अधिकार राख्छौं। तर जब जिम्मेवार अधिकारी नै बेपत्ता हुन्छन्, तब हामी कहाँ जानु?” एक स्थानीय युवा सामाजिक अभियन्ताले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय