२०८३ श्रावण १४ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

‎सर्लाही, फागुन — जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) जिल्ला कार्यसमिति सर्लाहीले प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा स्थानीय तहमा निर्वाचित पाँच जना जनप्रतिनिधिसँग २४ घण्टे लिखित स्पष्टीकरण माग गरेको छ।
‎जिल्ला कार्यसमितिद्वारा जारी पत्रमा ती जनप्रतिनिधिले पार्टीप्रति अघात पुग्नेगरी अन्य राजनीतिक दलका उम्मेदवारलाई समर्थन र सहयोग गरेको भन्ने जनगुनासो प्राप्त भएको उल्लेख छ। उक्त गुनासोको आधारमा कारण स्पष्ट पार्दै चित्तबुझ्दो जवाफ दिन अल्टिमेटम दिइएको जनाइएको छ।पत्रमा तोकिएको समयावधिभित्र जवाफ नआए वा प्राप्त जवाफ चित्तबुझ्दो नभए पार्टी विधानअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ। पार्टी अनुशासन र निर्णयको पालना गर्नुपर्ने दायित्व निर्वाचित जनप्रतिनिधिमा अझ बढी रहने उल्लेख गर्दै जिल्ला कार्यसमितिले संगठनको हितविपरीत गतिविधि सह्य नहुने स्पष्ट पारेको छ।स्पष्टीकरण सोधिएका जनप्रतिनिधिहरूमा गोडैता नगरपालिका–५ का वडा अध्यक्ष प्रकाश गुप्ता, चक्रघट्टा गाउँपालिका–३ का वडा अध्यक्ष दिनेश साह, बरहथवा नगरपालिका–१७ का वडा अध्यक्ष राम विश्वास राय, हरिपुर्वा नगरपालिका–८ का वडा अध्यक्ष रामेश्वर राय तथा हरिपुर्वा नगरपालिका–९ का वडा अध्यक्ष सुरेन्द्र महतो रहेका छन्।जसपा नेपाल सर्लाहीका पदाधिकारीका अनुसार पार्टीको आधिकारिक निर्णयविपरीत गतिविधि भएको पुष्टि भएमा अनुशासन समितिको सिफारिसमा थप कदम चालिनेछ। जिल्लास्तरमा यस घटनाले राजनीतिक तरंग सिर्जना गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय