२०८२ चैत्र २६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

सर्लाही — प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सर्लाही क्षेत्र नं. ४ मा चुनावी गतिविधि थप चहलपहल बढेको छ। क्षेत्र नं. ४ का नेपाल कम्युनिस्ट पार्टी का उम्मेदवार डॉ. रजनीश राय ले घरदैलो अभियानलाई तीव्र पारेका छन्।रायले गाउँ–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना नीति, कार्यक्रम र आगामी योजना सार्वजनिक गरिरहेका छन्। घरदैलोका क्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र आधारभूत पूर्वाधारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।“स्थानीय समस्या समाधानका लागि स्थानीयकै सहभागिता अनिवार्य छ,” मतदातासँगको संवादमा रायले भने,“जनताको विश्वास, माग र सुझावलाई नीतिगत निर्णयमा प्रत्यक्ष रूपमा समावेश गर्नेछु।”अभियानका क्रममा उनले युवा, महिला, किसान तथा व्यवसायीहरूसँग छुट्टाछुट्टै अन्तर्क्रिया गर्दै युवाका लागि सीपमूलक तालिम र रोजगारी सिर्जनाको व्यवस्था, किसानका लागि मल–बीउ तथा सिँचाइमा सुधार,र सबैलाई पहुँच हुनेगरी स्वास्थ्य सेवा विस्तार आफ्नो प्रमुख एजेन्डा भएको बताए।स्थानीयवासीले रायको सक्रियता, पहुँचयोग्य शैली र सरल व्यवहारको प्रशंसा गर्दै विकास, सुशासन र पारदर्शिताबारे स्पष्ट योजना निरन्तर प्रस्तुत गर्न आग्रह गरेका छन्।रायका अनुसार घरदैलो अभियान सर्लाही क्षेत्र नं. ४ का सबै वडामा निरन्तर रूपले सञ्चालन हुँदै जानेछ र निर्वाचनपछि पनि जनतासँग संवाद कायमै राखिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय