२०८३ जेष्ठ ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता डा. रजनीश रायले सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै डा. रायले आज दिउँसो सर्लाहीको बेनीभोला नमुना माध्यमिक विद्यालय, गोडैता स्थित क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ता पश्चात् सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै डा. रायले जनताको अपेक्षा अनुसार विकास, सुशासन र सामाजिक न्यायलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताए।उनले सर्लाही क्षेत्र नं. ४ लाई शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै जनताको साथ र विश्वासले मात्रै परिवर्तन सम्भव हुने धारणा राखे।डा. राय युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा परिचित छन्। उनी लामो समयदेखि राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। विशेषगरी युवाको रोजगारी, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र किसानमुखी नीति निर्माणका विषयमा उनले निरन्तर आवाज उठाउँदै आएका छन्। उनको उम्मेदवारीसँगै क्षेत्र नं. ४ मा नेकपाको संगठनात्मक गतिविधि समेत थप सक्रिय बनेको देखिन्छ।सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा विभिन्न दलका प्रभावशाली उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराइसकेका छन्। नेकपा एमालेको तर्फबाट अमनिशा कुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट डा. अमरेश कुमार सिंह , जनता समाजवादी पार्टी नेपाल बाट रामेश्वर राय यादव ,जनमत पार्टी बाट राकेस मिश्रा तथा नेपाली कांग्रेसका बाट नेपाली कांग्रेसका सभापति गगन थापाले समेत उम्मेदवारी दर्ता गराइसकेका छन्। प्रमुख दलका चर्चित नेताहरू एकै क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिँदा चुनावी माहोल थप रोचक र प्रतिस्पर्धात्मक बनेको छ।राजनीतिक विश्लेषकहरूका अनुसार सर्लाही क्षेत्र नं. ४ यसपटक कडा प्रतिस्पर्धाको केन्द्र बन्ने देखिएको छ। फरक–फरक राजनीतिक पृष्ठभूमि, एजेन्डा र जनआधार भएका उम्मेदवारहरूबीच हुने प्रतिस्पर्धाले मतदातामा उत्साह बढाएको छ। स्थानीय मतदाताहरू विकास, रोजगारी र सेवा प्रवाहलाई मुख्य मुद्दा बनाएर उम्मेदवार छनोट गर्ने तयारीमा रहेको छ ।उम्मेदवारी दर्ताको कार्यसँगै सर्लाहीमा चुनावी गतिविधि तीव्र बन्दै गएका छन्। आगामी दिनमा उम्मेदवारहरूबीच चुनावी प्रचार–प्रसार थप चर्किने अपेक्षा गरिएको छ।डा. रजनीश रायको उम्मेदवारी दर्तासँगै सर्लाही निर्वाचन क्षेत्र नं. ४ को राजनीतिक प्रतिस्पर्धा नयाँ मोडमा प्रवेश गरेको छ। अबको निर्वाचन परिणामले क्षेत्रको राजनीतिक भविष्य कस्तो हुने भन्ने चासो सर्वत्र बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय