२०८३ श्रावण १५ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही । सर्लाही जिल्लाको हरिपुर नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा चालू आर्थिक वर्षमा हालसम्म भएका गतिविधि तथा विकास कार्यसम्बन्धी प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ।अधिवेशनमार्फत चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको कुल बजेटमध्ये हालसम्म पुँजीगत र चालू तर्फ भएको खर्च विवरण प्रस्तुत गरिएको हो।शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार क्षेत्रको विकाससँगै नीति निर्माण, योजना संशोधन र कार्यान्वयनमा नगरपालिका केन्द्रित रहेको हरिपुर नगरपालिकाका मेयर गोपाल पजियारले जानकारी दिनुभयो। मेयर गोपाल पजियारले शिक्षा र स्वास्थ्य क्षेत्रका साथै भौतिक पूर्वाधार निर्माणका कार्यहरूले निरन्तरता पाएको उल्लेख गर्दै निर्वाचनका बेला जनतासँग गरिएका प्रतिबद्धता क्रमशः मूर्त रूप लिँदै गएको बताउनुभयो।उहाँले हरिपुर नगरपालिकालाई समृद्ध र नमुना नगरपालिका बनाउने लक्ष्यमा सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। नगरपालिकाको सभाहलमा सम्पन्न अधिवेशनमा वडा नं. १ देखि ९ सम्मका जनप्रतिनिधि, पालिकाका सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत विनय पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रशासन प्रमुख नागेश्वर रायले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय