२०८३ श्रावण १४ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही-चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ।सोमवार गोड़ैतामा आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष लक्ष्मण साह को अध्यक्षता तथा मधेस प्रदेशका पूर्व स्वास्थ मन्त्री बीरेन्द्र सिंहको प्रमुख आतिथ्यता रहेका थिए।कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष लक्ष्मण साह ले सेयरधनीलाई १३प्रतिशत ब्याजदरमा ऋण सुविधा उपलब्ध गराइरहेको जानकारी दिँदै संस्थाले विगतका चुनौतीहरू पार गर्दै स्थिर प्रगतिको यात्रामा अघि बढ्न सफल भएको बताए। उनले संस्थालाई मजबुत बनाउन साथ–सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।संस्थाका प्रमुख कार्यकारी अधिकृत भरत सह ले संस्थाको आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्क प्रस्तुत गर्दै यसलाई संस्थाको दिगोपनको सूचकका रूपमा व्याख्या गरे। सोही अवसरमा ईश्वरपुर शाखाका प्रबन्धक  जनक केसी लाई अत्याधिक ऋण असुलीमा उत्कृष्ट कार्यसम्पादन गरेबापत प्रशंसा पत्रसहित सम्मान गरिएको थियो।गोड़ैता नगरपालिका को सेवा केन्द्र को अगाड़ी सम्पन्न कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष प्रमिला देवी थरुनी प्रमुख सल्लाहकार कुन्ती देवी साह ,सदस्य नागेन्द्र साह, मेन कुमार गौतम,लेखा समिति संयोजक चन्द्रदेव महतो,सदस्य मन्तोरिया कुमारी देवी लगायत विभिन्न शाखाका प्रमुख, सेयर सदस्य,खाताधारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय