२०८२ पुष १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode

सर्लाही-गोड़ैता नगरपालिकामा उखुको खेतमा आगलागी हुँदा करोडौं रुपियाँको उखु क्षति भएको छ । काटेर चिनी मिललाई बिक्री गर्ने बेला उखु जलेपछि किसानमा रुवावासी चलेको छ।गोड़ैता –४ रोहुवामा मुना चौधरीको उखु खेतबाट सुरु भएको आगलागीले रोहुवाका किसानको खेतमा काट्न तयार भएको ५०/६० बिघाकै उखु जलेर नष्ट भएको गोड़ैता नगरपालिका का नगर प्रमुख देबेन्द्र कुमार यादब ले बताउनुभयो ।यादव अनुसार सोमवार दिउँसो करिब १ बजे मुना चौधरीको खेतबाट सुरु भएको आगलागीले रोहुवा-४ का मनोज गुप्ता , त्रिलोकी महतो,बिनोद महतो,लग्यात बेल्बा जब्दी-२ का संजीत कुमार ठाकुर,मुना ठाकुरका दुई /दुई बिघामा लगाइएको उखु जलेर नष्ट भएको हो । आगलागीले करिब ३ करोड़को नोक्सान भएको गोड़ैता नगरपालिका का नगर प्रमुख देबेन्द्र कुमार यादबले बताउनुभयोे । करिव दुई हजारजति गाउँले, समाजसेवी सरोज यादवले प्रदान गरेको बरहथवा नगरपालिका एउटा दमकल, प्रहरी र सशस्त्र प्रहरी भएर र उखु काटेर नो फायर लाइन बनाएपछि करिव ४ घण्टा पछी आगलागी नियन्त्रणमा
आएको स्थानीय राजु यादव ले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय