२०८२ मंसिर १६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सक्रौलमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न | सक्रौलमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न | जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन-पत्र | उद्योगको दुर्गन्धले बगदहवासी आक्रान्त । | जहाँ अहिले पनि गोबर गुइँठा नबाले उपाय छैन | कौडेना गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर | स्वास्थ्य संस्था स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न | मदनपुर बजार नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु एक घाइते | स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठीमा सिसौटिया स्वास्थ्य चौकी उत्कृष्ट | सुकाइराखेको पाँजाको धान भिजेपछि किसान चिन्तामा  |

कौडेना -कौडेना गाउँपालिका वडा नं. ६ र ७ मा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।सक्रौलका समाज सेबी युवाहरू को आयोजनामा शिविर सम्पन्न भएको हो ।शिविरमा १९२ भन्दा बढीले आँखाको जाँच गराएको को सामाजिक अभियान्ता युवा रवि शंकर यादवले जानकारी दिनुभयो । शिविरका लागि इण्डो नेपाल आँखा अस्पताल ले प्राविधिक सहयोग गरेको थियो ।शिविरमा स्क्रिनिङ गरिनुका साथै आवश्यक परेकालाई औषधि र चश्मा पनि निःशुल्क वितरण गरिएको थियो ।सामाजिक अभियान्ता रबीन महतोका अनुसार शिविरले आँखाका बिरामीको ‘स्क्रिनिङ’ भएको र मोतियाविन्दुको समस्या भएकालाई थप उपचार गरिने बताउनुभयो । शिविरमा मोतियाविन्दुको समस्या भएका थुप्रै बिरामी आएको र त्यसमध्ये ५२ जनाको अपरेशन नै गर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । ‘हामी उहाँहरूलाई इण्डो नेपाल आखा अस्पताल सँग मिलेर ४०% छुट मा उपचार गर्छौँ’, उहाँले भन्नुभयो, ‘एक महिनाभित्र उहाँहरूको अपरेशन गर्नलाई समय निश्चित गर्छौँ ।’सामाजिक अभियान्ता सुशील यादवले कसैको पनि दृष्टि नगुमोस् भनेर विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । त्यसैअनुरूप कौडेना गाउँपालिकाको वडा नं. ६,७ का स्थानीयलाई लक्ष्य गरी शिविर आयोजना गरिएको यादवले जानकारी दिनुभयो ।शिविरबाट राम्रो लाभ लिएको आँखा जचाउन आउनुभएका फेकन रायले बताउनुभयो ।‘एक–दुई महिनादेखि आँखा पोल्ने, चिलाउने भइरहेको थियो’उहाँले भन्नुभयो, ‘यहाँदेखि अस्पताल आउजाउ खर्च,समय बच्यो यहीँ जचाउन पाएँ । अब ढुक्क भएँ ।’वडावासीले शिविरबाट राम्रो लाभ लिएको वडाध्यक्ष उमेश यादव ले बताउनुभयो । उहाँले अन्य किसिमका स्वास्थ्य शिविर कार्यक्रम कसैले लिएर आए आफूले सधैँ सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।‘यस्ता शिविर अरू रोगका लागि पनि आवश्यक छ उहाँले भन्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय