२०८२ मंसिर १७ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सक्रौलमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न | सक्रौलमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न | जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन-पत्र | उद्योगको दुर्गन्धले बगदहवासी आक्रान्त । | जहाँ अहिले पनि गोबर गुइँठा नबाले उपाय छैन | कौडेना गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर | स्वास्थ्य संस्था स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न | मदनपुर बजार नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु एक घाइते | स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठीमा सिसौटिया स्वास्थ्य चौकी उत्कृष्ट | सुकाइराखेको पाँजाको धान भिजेपछि किसान चिन्तामा  |

सर्लाही । जनता समाजवादी पार्टी, नेपाल (जसपा) जिल्ला कार्यसमिति सर्लाहीले विभिन्न माग समेटिएको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी (सीडिओ) मार्फत प्रधानमन्त्रीलाई बुझाएको छ।जसपा नेपाल सर्लाहीका जिल्ला अध्यक्ष रणधिर यादवका अनुसार मुलुक भित्र देखिएका समस्याहरूको समाधानका लागि केन्द्र सरकारको गम्भीर ध्यानाकर्षण गराउन ज्ञापन पत्र पेश गरिएको हो। उहाँले पार्टीकाे केन्द्रित निर्देशन अनुसार देशै भरीका जिल्लाहरूबाट एकै पटक पार्टीले उठाएका मागहरू तत्काल सम्बोधनका लागि ज्ञापन पत्र बुझाएकाे बताउनु भयाे ।यादवले भन्नुभयाे, “स्थानिय स्तरमा जनतालाई प्रत्यक्ष प्रभाव पार्ने मुद्दाहरू बारम्बार पार्टीले उठाउँदै आएकाे छ । तर समाधान नआएपछि प्रधानमन्त्रीसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण गराउन बाध्य भयौँ।”जसपा नेपाल सर्लाहीले विशेषगरी जनतासँग प्रत्यक्ष सराेकार राख्ने जस्तै बढ्दो महँगी, सीमा क्षेत्रका समस्या, जनसेवामा देखिएको ढिलासुस्ती तथा स्थानीय प्रशासनसँग समन्वय अभावजस्ता विषयमा तत्काल कदम चाल्न आग्रह गरेको छ।ज्ञापन पत्र बुझाउने कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारी , केन्द्रीय सदस्य सुधिर यादव , सुनैना चाैधरी कविलासी नगरपालिकाका पुर्व मेयर काैशल किशाेर यादव ,बसवरिया गाउँ पालिकाका अध्यक्ष राम सिहासन राय लगायतका स्थानीय नेताहरूको उपस्थिति थियो।(cp)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय