२०८३ जेष्ठ ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही ,कार्तिक १९। सर्लाहीको गोडैता नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ ।गोडैता नगरपालिका स्वास्थ्य शाखाको आयोजना, नगर प्रमुख देवेन्द्र कुमार यादवको अध्यक्षता तथा स्वास्थ कार्यालय प्रमुख नवल किशोर झा को प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो।मङ्गलबार र बुधवार गरी दुइ दिनसम्म चलेको उक्त गोष्ठीमा सहभागी नगरपालिका अन्तर्गतका १२ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आ–आफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका थिए ।सोही गोष्ठीमा प्रस्तुत गरिएको विवरणको आधारमा आन्तरिक मुल्यांकन गरि कार्य र सेवाको आधारमा १२ वटा वडा स्वास्थ्य चौकीहरु मध्येबाट उत्कृष्ट भएर छानिएका तीनवटा स्वास्थ्य संस्थालाई दोसला तथा प्रमाणपत्र प्रदान गरेर सम्मानित गरिएको छ ।आन्तरिक मुल्यांकनको आधारमा क्रमशः प्रथम स्वास्थ चौकी सिसौटिया द्वितीय स्वास्थ चौकी बेलवा जबदी,समुदाईक स्वास्थ एकाई बेलवा र तृतीय स्वास्थ चौकी रोहुवा लगायत स्वास्थ्य चौकीका प्रमुखहरुलाई नगर प्रमुख यादव र उपप्रमुख अंजना कुशवाहाले कदरपत्र प्रदान गरेका छन्।समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख यादवले उत्कृष्ट कार्य सम्पादन गरेर सफलतापुर्वक जिम्मेवारी पुरा गर्ने नगर भित्रका स्वास्थ्य चौकीहरु, स्वास्थ्यकर्मी तथा जस्तो सुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य स्वयंसेविकाहरु धन्यवाद दिए।गोष्ठीमा सहभागी सबै वडाका स्वास्थ्य प्रमुखले गत आर्थिक वर्षको भन्दा यो आ.व मा स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सुचकहरु राम्रो भएकोले आगामी दिनमा यस नगरपालिकालाई मधेस प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका पालिकाहरु मध्येबाट नमुना स्वास्थ्य नगरपालिकाको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरे।स्वास्थ्य निर्देशनालयकाको मुल्यांकन अनुसार गत आर्थिक वर्षमा गोडैता नगरपालिका मधेस प्रदेश अन्तर्गत पर्ने ८ वटै जिल्लाका पालिकाहरु मध्येबाट पाँचौ स्थानमा पर्न सफल भएको स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडितले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय