२०८२ मंसिर १७ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सक्रौलमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न | सक्रौलमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न | जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन-पत्र | उद्योगको दुर्गन्धले बगदहवासी आक्रान्त । | जहाँ अहिले पनि गोबर गुइँठा नबाले उपाय छैन | कौडेना गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर | स्वास्थ्य संस्था स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न | मदनपुर बजार नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु एक घाइते | स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठीमा सिसौटिया स्वास्थ्य चौकी उत्कृष्ट | सुकाइराखेको पाँजाको धान भिजेपछि किसान चिन्तामा  |

सर्लाही । धान भित्र्याउने मुख्य समयमा परेको अविरल वर्षाले सर्लाहीका किसान चिन्तित बनेका छन् । तिहार तथा छठ सकिएलगत्तै धान काट्ने र भित्र्याउने तयारी गरेका किसानलाई बिहीबारदेखि परेको वर्षाले समस्या भएको हो ।काटेर खेतमै सुकाइराखेको धानको पाँजा र काट्न ठिक्क भएको धान समेत खेतमै भिजेको छ । धान काट्ने बेलामा वर्षाको सङ्केत नदेखिए पनि सुकाउने क्रममा पानी परेपछि किसानले ठूलो नोक्सानी बेहोर्नु परेको छ ।धान भिजेपछि गुणस्तरमा कमी आउने र उत्पादन घट्ने डरले किसानलाई सताएको छ । खेतमा पाकिसकेको धान ढल्न थालेको र केही ठाउँमा खेतमै उम्रिन सुरु गरेको किसानहरूको भनाइ छ ।वर्षाले सर्लाहीका सबै स्थानीय तहमा धान भित्र्याउने काम प्रभावित भएको कृषि ज्ञान केन्द्रका सर्लाहीले जानकारी दिइएको छ । जिल्लामा यस वर्ष करिब ४४ हजार ५०० हेक्टरमा धान खेती गरिएकोमा ९० प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाइँ भएको थियो ।तर, मधेश प्रदेशका अन्य जिल्लामा भने खडेरीका कारण यो वर्ष करिब ८२ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि विकास निर्देशनालयका अधिकारीहरूले जनाएका छन् ।CP CIN (prakas Mainali)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय