२०८३ जेष्ठ ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही, असोज १९ गते। सर्लाहीको कौडेना गाउँपालिका–३, मा लखन्देही खोलाको बाढीले करिब १५० मिटर सडक बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग अवरुद्ध बनेको छ। भारी वर्षापछि आइतबार बिहानको बाढीले कालोपत्रेसहितको सडक बगाएपछि सदरमुकाम मलङ्गबादेखि पश्चिमी बेल्टमा पूर्वपश्चिम हुलाकी राजमार्गमा आवतजावत ठप्प भएको हो। सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले सडक मर्मतका लागि समन्वय भइरहेको जानकारी दिनुभयो। सडक कटान भएपछि कौडेनासहित जिल्लाको पश्चिमी भेगमा पर्ने गोडेता नगरपालिका, बलरा नगरपालिका, विष्णु गाउँपालिका, धनकौल गाउँपालिका र रामनगर गाउँपालिकाको सदरमुकाम मलङ्गवासँग सडक सञ्जाल टुटेको छ। यी आधा दर्जन पालिकाका स्थानीय सदरमुकाम मलङ्गवा आउजाउ गर्नुपर्दा पूर्वपश्चिम राजमार्ग निस्किएर वा हिरापुर–मदनपुर–सलेमपुर सडक भएर यात्रा गर्न बाध्य भएका छन्। 
यस्तै मनुष्मारा खोलाले दुई किलोमिटर सडक कटान गर्दा सर्लाहीको धनकौलबाट रौतहटको धरमपुर जोड्ने सडक पूर्णरुपमा अवरुद्ध बनेको छ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय