२०८२ मंसिर १७ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सक्रौलमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न | सक्रौलमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न | जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन-पत्र | उद्योगको दुर्गन्धले बगदहवासी आक्रान्त । | जहाँ अहिले पनि गोबर गुइँठा नबाले उपाय छैन | कौडेना गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर | स्वास्थ्य संस्था स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न | मदनपुर बजार नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु एक घाइते | स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठीमा सिसौटिया स्वास्थ्य चौकी उत्कृष्ट | सुकाइराखेको पाँजाको धान भिजेपछि किसान चिन्तामा  |

सर्लाही —अविरल वर्षापछि आएको बाढीले सर्लाहीको कौडेना गाउँपालिका–२ र ३ स्थित हुलाकी सडक बगाएको छ, जसले यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, लखन्देही नदीले बाँध भत्काउँदा कौडेना–७ शिवनगर गाउँ डुबानमा परेको छ । लगातारको वर्षाका कारण लखन्देही नदीमा आएको बाढीले कौडेनास्थित हुलाकी सडक बगाउँदा दक्षिण–पश्चिम क्षेत्रमा रहेको गोडैता, बलरा नगरपालिका सहित रामनगर, बसबरिया, धनकौल गाउँपालिकाको सदरमुकाम मलंगवासँगको सिधा सम्पर्क टुटेको छ । बाढीले करिब १५ मिटर पक्की हुलाकी सडक भत्काएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, नदीले बाँध भत्काउँदा शिवनगर गाउँ डुबानमा परेको छ । लखन्देही नदीले बाँध भत्काउन सुरु गरेपछि यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । उनका अनुसार बलरा नगरपालिका–२ मा पनि सयौं घर डुबानमा परेका छन् । जिल्लाका अन्य प्रभावित बस्तीहरूमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, लखन्देही नदीमा आएको बाढीका कारण जिल्लामा अत्यधिक क्षति भएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र क्षतिग्रस्त क्षेत्रको तथ्याङ्क संकलनको काम भइरहेको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले प्रभावितलाई सुरक्षित स्थानमा सार्ने र अस्थायी राहत शिविर सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।भारी वर्षाका कारण जिल्लामा बिजुली अनियमित बनेको छ भने विभिन्न स्थानमा मोबाइल नेटवर्कले काम नगर्दा स्थानीय समस्यामा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय