२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

असोज ११ गते । डेढ महिना अगाडी सेवा निर्वाहको क्रममा ताप्लेजुङ्गमा मृत्यु भएका सर्लाहीको कौडेना गाउँपालिका–२ फुलपरासीका ३९ वर्षीय शिक्षक राजेन्द्र राय यादवको परिवारलाई साथीहरुले सहयोग गरेका छन् ।शनिवार एक कार्यक्रम गरी मृतक यादवको बच्चाको नाम मुद्धती खाता खोली सहयोगी गरिएको हो । साथीहरुबाट जम्मा भएको ५ लाख र यादवको तलब भत्ता वापत जम्मा भएको २ लाख गरी ७ लाख रकम बच्चाहरुको नाउमा मुद्धती खाता खोली जम्मा गरिएको हो । आर्थिक अवस्था कमजोर रहेको र छोराछोरीहरु पनि सानै उमेरका रहेकाले साथीहरुले सहयोग गरेको यादवका साथी राकेश यादवले बताएका छन् । विभिन्न पेशामा आबद्ध रहेका साथीहरुको सहयोगमा ५ लाख रकम जम्मा गरी यादवको छोराछोरीको संयुक्त नाउमा साढे ६ वर्षका लागि मुद्धती खाता खोली रकम जम्मा गरिएको राकेशले बताए ।सोही अवसरमा यादवले १३ वर्ष काम गरेको मलंगवा ४ मा अवस्थित संस्थागत विद्यालय विध्या सागर इंगलिश बोर्डिङ स्कूलले यादवको छोराछोरीलाई निशुल्क पढाउने बाचा समेत गरेका छन् । कक्षा ८ सम्म संचालनमा रहेको उक्त विद्यालयले यादवको छोराछोरीसंग कुनै प्रकारको शुल्क नलिने विद्यालयका संस्थापक एवं प्रिन्सिपल अखिलेश्वर यादवले बताए । अहिले विद्यालय ८ सम्म संचालनमा रहेको छ । भविष्यमा विद्यालय कक्षा १० वा १२ सम्म भएपनि हामी यादवको बच्चालाई निशुल्क पढाउने विद्यालयका अर्का संस्थापक शिवेन्द्र महतोले जनाएका छन् ।सोही अवसरमा चक्रघट्टा गाउँपालिका–२ बेल्हीका राकेश कुमार साहले यादवको छोराछोरीको नाउमा प्रति महिना २ हजार १ सयको दरले खातामा जम्मा गर्ने बाचा पनि गरेका छन् छोराछोरी १६ वर्षको नहुन्जेल सम्म आफुले प्रति महिना २ हजार १ सयको दरले सहयोग गर्ने साहले बताए ।ताप्लेजुङ्ग जिल्ला सिदिङमा गाउँपालिका–५ का देउराली आधारभूत विद्यालयमा एक वर्ष अगाडी प्राथमिक तहमा कार्यरत यादवको हृदयघातका कारण साउन २४ गते निधन भएको थियो । यादवको श्रीमती, एक छोरा र एक छोरी छन् ।कार्यक्रममा यादवका गुरु रामउचित राय, मेथल प्रसाद यादव, विध्या सागर इंगलिश बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल अखिलेश्वर यादव, शिवेन्द्र महतो, साथीहरु राकेश यादव, सुनिल ठाकुर, राजेश यादव, राकेश कुमार साह, अमोद यादव, विनय साह, सुरेन्द्र पटेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय