२०८३ श्रावण १९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

कौडेना -सर्लाही जिल्लाको कौडेना गाउँपालिका–२, इनर्वा टोलस्थित ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण भगवान् (विष्णु हरि)को मूर्तिको तस्बिर समेटिएको हुलाक टिकट सार्वजनिक गरिएको छ। यो मूर्ति हिन्दु धर्ममा शिव र विष्णुको समिश्र स्वरूपका रूपमा पूजनीय मानिन्छ। यसको ऐतिहासिक मूल्य र कलात्मक सौन्दर्यका कारण यो मूर्ति नेपालकै दुर्लभ सम्पदामध्ये एक मानिन्छ।शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले काठमाडौंमा हुलाक सेवा विभागले आयोजना गरेको विशेष समारोहमा औपचारिक रूपमा उक्त हुलाक टिकट विमोचन गरे। मन्त्री गुरुङले टिकटमा टाँचा लगाउँदै यसको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई स्मरण गरे। उनले यस्ता प्रयासहरूले स्थानीय सम्पदाको संरक्षण र प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास समेत व्यक्त गरे।रु १० अंकित मूल्य रहेको सो हुलाक टिकटमा उक्त मूर्तिको प्रष्ट तस्बिर समावेश गरिएको छ। अनुमान अनुसार, यो मूर्ति करिब १२औं वा १३औं शताब्दीको समय को हो ।जसले स्थानीय बासिन्दाको धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्छ।कौडेना गाउँपालिकाका अध्यक्ष रूपेश कुमारले आफ्नो गाउँपालिका को सम्पदा राष्ट्रियस्तरमा चिनाउन हुलाक टिकटले ठूलो भूमिका खेलेको बताउँदै खुसी व्यक्त गरे । उनले भने, “हाम्रा मौलिक सम्पदाहरूलाई विश्वसामु चिनाउन यस्ता अभियानहरू अत्यन्तै महत्वपूर्ण छन्।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय