२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही -सर्लाही जिल्लाको बसबरिया गाउँपालिकाले आज(शनिवार )सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाबाट प्रवाह गरिएका सार्वजनिक सेवा तथा विकास निर्माण कार्यहरूको समिक्षा गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिने योजनाका लागि स्थानीयवासीबाट सुझाव संकलन गर्न यो कार्यक्रम आयोजना गरिएको थियो ।गाउँपालिका वडा नं. १ स्थित त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रम जय माँ मिडिया प्रा.लि.को संयोजन र गाउँपालिकाको प्रत्यक्ष सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रामसिंहासन यादव, विभिन्न वडाका अध्यक्षहरू, वडा सचिव, अन्य सरकारी कर्मचारीहरू, शिक्षक, समाजसेवी, पत्रकार, स्थानीय युवा, महिला तथा जेष्ठ नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।कार्यक्रमको सुरुवातमै गाउँपालिकाले चालु वर्षमा सम्पन्न प्रमुख योजनाहरूको विस्तृत विवरण प्रस्तुत गर्‍यो। विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, महिला सशक्तिकरण तथा सामाजिक सुरक्षाका क्षेत्रमा गरिएको सेवा र निर्माण कार्यको प्रस्तुति दिइएको थियो।कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले विभिन्न विषयमा आफ्ना गुनासा तथा सुझावहरू राखेका थिए। शिक्षा क्षेत्रमा अझै पनि गुणस्तरीय शिक्षाको पहुँच नपुगेको, कतिपय विद्यालयमा आवश्यक जनशक्ति नपुगेको, स्वास्थ्य चौकीमा नियमित औषधीको अभाव रहेको, सुत्केरी सेवा प्रभावकारी नभएको, र अनुदान वितरणमा पारदर्शिता नदेखिएको भन्ने गुनासाहरू प्रमुख रूपमा उठाइयो।त्यस्तै, कतिपय वडाहरूमा सडक मर्मत तथा ढल निकास समस्या समाधान नभएको, युवा स्वरोजगार कार्यक्रम प्रभावकारी हुन नसकेको, वृद्ध भत्ता वितरण ढिलो भएको, अपांगता परिचयपत्र बनाउन झन्झटिलो प्रक्रिया रहेको जस्ता गुनासाहरू पनि सुनुवाइमा उठाइएको थियो।

#अध्यक्ष यादवको प्रतिबद्धता#
गाउँपालिका अध्यक्ष रामसिंहासन यादवले सार्वजनिक सुनुवाईमार्फत आएको जनसरोकारका विषयहरूलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाए। उनले उपस्थित सहभागीहरूप्रति आभार व्यक्त गर्दै भने, “जनताले दिएका सुझाव र गुनासाहरू नै हाम्रो योजना निर्माणको आधार हुन्। हामी कार्यक्रम बनाउँदा यही सुझाव समेटेर बजेट निर्माण गर्नेछौं।”उनले आगामी आर्थिक वर्षमा कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा विशेष प्राथमिकता दिइने जानकारी दिँदै योजनाहरूमा समुदायको सिधा सहभागिता सुनिश्चित गरिने आश्वासन पनि दिए। साथै, सुशासन, पारदर्शिता र जवाफदेहितालाई अझ बलियो बनाउनेतर्फ गाउँपालिका अग्रसर रहेने उनले स्पष्ट पारे।

#सहभागीको सन्तुष्टि र अपेक्षा#

कार्यक्रममा सहभागी अधिकांश स्थानीयवासीले सार्वजनिक सुनुवाई कार्यक्रमले आफूहरूको आवाज सिधा गाउँपालिका समक्ष पुर्‍याउने अवसर दिएकोमा सन्तोष व्यक्त गरे। उनीहरूले यस्ता कार्यक्रम नियमित गरिनुपर्ने र गाउँपालिकाले देखिएका समस्याको समाधानमा देखावटी होइन, व्यवहारिक पहल गर्नुपर्ने माग राखेका थिए।एक स्थानीय महिलाले भनिन्, “हामी पहिले कहिले गाउँपालिका जान सक्दैनथ्यौं, अहिले यस्तो कार्यक्रममा आफ्ना समस्या खुलेर भन्न पाएका छौं। तर, अब यो सुन्ने मात्र नभई कार्यान्वयनमा पनि देखिनुपर्छ।” भन्ने कुरा मा जोड़ दियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय