२०८३ श्रावण १८ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

बसबरिया -सर्लाही जिल्लाको बसबरिया गाउँपालिकामा पहिलो पटक लेखा अधिकृतको रुपमा श्याम प्रसाद यादवले कार्यभार सम्हालेका छन्। बुधबार गाउँपालिका अध्यक्ष रामसिहासन राय र उपाध्यक्ष सरिता कुमारी साहको विशेष उपस्थितिमा यादवले औपचारिक रूपमा लेखा प्रमुखको जिम्मेवारी ग्रहण गरेका हुन्। यसअघि लेखापालको भरमा सञ्चालन हुँदै आएको गाउँपालिकामा अब लेखा प्रशासन थप व्यवस्थित र पारदर्शी हुने अपेक्षा गरिएको छ। श्याम प्रसाद यादव सर्लाहीकै ईश्वरपुर नगरपालिकाबाट सरुवा भई बसबरिया आएका हुन्। लामो समयदेखि वित्तीय प्रशासनमा अनुभव सँगालेका यादवको आगमनसँगै गाउँपालिकामा वित्तीय प्रणाली सुदृढ हुने स्थानीयको विश्वास छ। यादवलाई स्वागत गर्न वडाध्यक्षहरू, विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरू समेत उपस्थित थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय