२०८२ चैत्र ६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

माघ २३ गते । स्तर र तहवृद्धि नगरेको भन्दै सर्लाहीको कविलासी नगरपालिकामा कार्यरत कर्मचारीहरुले पालिकामा तालाबन्दी गरेका छन् । पालिकाले स्तर र तहवृद्धिको लागि ढिलाई गरेकोले कर्मचारीहरु पालिकाको मूल ढोकामा धर्ना दिई तालाबन्दी गरेका छन् । पुष महिनामै स्तर र तहवृद्धि गर्नुपर्नेमा आज सम्म पालिकाले आनाकानी गरेको भन्दै आफुहरु तालाबन्दी गरेको कर्मचारीहरुले बताएका छन् । पालिकाले स्तर र तहवृद्धिका लागि सूचना प्रकाशित गरेको थियो । सूचना बमोजिम आफुहरु सम्पूर्ण कागजात पूरा गरी आवेदन समेत दिएका थियौं । तर आज सम्म पालिकाले कुनै सुनवाई नगरेको कविलासी नगरपालिकाका प्राविधिक सहायक रामवचन रायले बताएका छन् । पालिकाले स्तरवृद्धिको नाउँमा आलटाल गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको रायले बताए । संविधान प्रदत्त हक अधिकारलाई समेत ख्याल नगरी कर्मचारीको वृद्धि विकासमा पालिकाले बाधा पूर्याउने काम गरेको रायको आरोप छ । पालिकाले स्तर वृद्धि नगरेपछि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छौं । माग पूरा नभए सम्म तालाबन्दी गरी अनिश्चितकाल सम्म आफुहरु धर्नामा बस्ने रायले बताएका छन् । माग पूरा नभए सम्म पालिकाको ताला नखोल्ने यादवको दाबी छ । स्तर वृद्धिको नाममा झुठो आश्वासन मात्र दिने गरेको छ । यस्ता प्रकारको कामले आफुहरुको मनोबल गिराउने काम भएको रायले बताएका छन् । समस्या समाधानका लागि आफुले पहल सुरु गरेको नगरप्रमुख ब्रहम्देव यादवले बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत काम बिशेषले बाहिर रहेको र आउने बित्तिकै समस्या समाधानका लागि पहल गरिने नगरप्रमुख यादवले बताएका छन् । राजनीतिक उक्साहटमा आएर पालिकामा कर्मचारीले तालाबन्दी गरेको यादवले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय