२०८१ चैत्र ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode

गोडैता, – सर्लाहीको गोडैता नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । नगरपालिकाले गोडैता नगरपालिका–३, स्थित जनता माध्यमिक विद्यालय भगवतीपुरमा नगरभरका ९१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई भेला पारेर साइकल वितरण गरेको हो । अत्यन्तै न्यून पारिश्रमिक लिएर गाउँघरमा स्वास्थ्य सेवा प्रवाह गर्न उच्च योगदान पुर्याउने महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप नगरभित्र यसरी पहिलो पटक साइकल उपलब्ध गराइएको नगरप्रमुख देवेन्द्रकुमार यादवले जानकारी दिए । सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई पारिश्रमिक बापत मासिक एक हजार रुपियाँ दिँदै आएकोमा गोडैता नगरपालिकाले सो रकममा पालिकाको तर्फबाट दुई हजार रुपियाँ थप गरेर उपलब्ध गराउँदै आएको छ ।अतिकम सुविधा लिएर पनि स्वास्थ्य सेवा प्रवाह गर्न निरन्तर परिचालित महिला स्वास्थ्य स्वयंसेविकालाई नगरप्रमुख यादव, उपप्रमुख अन्जना कुशवाहा,जिल्ला समन्वय समिति प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादव लगायत भएर साइकल हस्तान्तरण गरेका छन् ।
महिला स्वास्थ्य स्वयंसेविकालाई गत वर्ष नै साइकल उपलब्ध गराउने तयारी भएपनि खरीद प्रक्रिया झन झटीलो भएको करण ले प्रक्रिया पूरा गर्न समय लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादव जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादव अनुसार आफू प्रमुख प्रशासकीय अधिकृत को जिम्मेवारी समाहले बीतीकै साइकल खरीद प्रक्रिया अगाड़ी बढ़ाई सकेका थीए तर प्रक्रिया पूरा गर्न समय लागियो ,समय लागे पनी साईकल खरीद गरी स्वयंसेविकालाई साइकल हस्तान्तरण गर्न सफल भए भन्दै खुसी समेत ब्यकत गरे ।आफूले गरेको कामको कदर गर्दै नगरपालिकाले सम्मानस्वरुप साइकल प्रदान गरेपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् ।सोही कार्यक्रममा गोडैता नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि माथिको जीपीए प्राप्त गर्ने नगरभित्रका १० जना विद्यार्थीलाई जनही २५ हजार रुपियाँसहित पुरस्कृत गरेको छ । नगरभित्रका दुई सामुदायिक विद्यालयबाट सबैभन्दा माथिल्लो ग्रेड ल्याएर एसइइ उर्तीण विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो । वेणी भोला नमूना माध्यमिक विद्यालय गोडैता ८ बाट आशुतोषकुमार झा,विशालकुमार झा,आलोककुमार कुशवाहा, अनु कुशवाहा सिंह, सुदीक्षा प्रजापति,आदित्य नारायण झा, निश्चल प्रतीक र पल्लवीकुमारी तथा नारायणहरि माध्यमिक विद्यालय गोडैता नगरपालिका–१०, सिसौटियाबाट सुशान्त यादव र सुस्मिताकुमारी यादव पुरस्कृत भएका छन् । ए प्लस ग्रेड प्राप्त गरी एसइइ उर्तीण छात्राछात्रा उच्च शिक्षा अध्ययन गर्न अहिले विभिन्न ठाउँमा पुगेकाले बैंक खातामार्फत पुरस्कारको रकम जम्मा गरेर उनीहरुका अभिभावकलाई कार्यक्रममा सम्मान गरिएको गोडैता नगरपालिकाको शिक्षा शाखाका प्रमुख प्रमोद कुमार यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय