२०८२ चैत्र ६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

काठमाडौँ । २३ वटा स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी रद्द गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठलाई पन्छ्याएर कनिष्ठले लिएको प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी रद्द गरेको हो । मन्त्रालयले १० वटा नगरपालिका र १३ वटा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको छ । पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै मनपरीमा स्थानीय तहहरूले कन्फर्म प्रमुख प्रशासकीय अधिकृतहरूलाई हटाएर जनप्रतिनिधिहरूको रोजाइका कनिष्ठ कर्मचारीलाई जिम्मेवारी दिने गरेको थियो । जसका कारण कर्मचारीहरूको मनोबल खस्किएको मात्रै थिएन, अनियमिततासमेत बढ्दै आएको थियो । दोस्रो तेस्रो मात्रै हैन, चौथो र पाँचौँ तह नै नाघेर निमित्तका पनि सीमित दिन थालेसँगै स्थानीयमा प्रशासनिक अराजकता मच्चिएको थियो । केही मन्त्री र सचिवहरूले नै यसलाई निरन्तरता दिँदै आएको थिए । अनितादेवीकै पालादेखिका सीमितहरूलाई ‘सिनित्त’ पारिएको छ । ज्येष्ठले पाउनु पर्ने कानुनी व्यवस्थालाई चुनौती दिँदै आफूखुसी कनिष्ठहरूलाई निमित्त दिएकाहरूको जिम्मेवारी रद्द गरिएको मन्त्रालयले स्रोतले प्रशासनलाई बताएको छ । मन्जुरीनामा, सहमति, स्थानीयमा चल्न नसक्ने अवस्था जनाउँदै ज्येष्ठ भन्दा कनिष्ठले चलाउँदा विकृतिहरू बढ्दै गएको जनगुनासो व्यापक रूपमा बढ्दै आएको थियो । पैसा र  पावरका भरमा सातौँ, आठौँ लाईसमेत पन्छ्याउँदै छैटौसम्मैले निमित्त हत्याउँदै आएका थिए । पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन सचिवको रूपमा आएका सचिव रविलाल पन्थले गरेको निर्णयले थोरै भए पनि प्रशासनिक सुधारमा आशाको संकेत गरेको छ । यसलाई क्रमशः सुधार गर्दै लगेको अवस्थामा अहिले देखिएको अराजकता र विकृति कम हुने विश्वास कर्मचारीहरूको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय