२०८३ श्रावण १४ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

गोडैता, १० माघ – सर्लाहीको गोडैता नगरपालिकाले राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनको १०० थान पुस्तक खरिद गरेको छ । वीरगन्जमा बन्द अवस्थामा रहेको कृषि औजार कारखानालाई आफ्नो जीवनमा आधारित पुुस्तक बेचेको पैसाले नै संचालनमा ल्याउने महान लक्ष्य लिएर पुन किताब बेच्दै हिँडेका छन् । सर्लाहीबाटै किताब बेच्दै पूर्वी जिल्ला उदयपुर पुगेका पुनलाई आज गोडैता बोलाएर नगरपालिकाले १०० थान पुस्तक खरिद गरिदिएको हो । आज नै जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीलगायत सबै भएर अर्को थप १०० थान पुस्तक व्यक्तिगत हिसाबले समेत खरिद गरिएको गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले जानकारी दिए । निस्वार्थ र महान लक्ष्यका साथ किताब बेच्दै हिँडेका पुनको अभियानमा थोरै भएपनि टेवा पुगोस् भन्ने उद्देश्यले नगरपालिका कार्यालय तथा व्यक्तिगत रुपमा समेत किताब खरिद गरिएको मेयर यादवको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय