२०८२ बैशाख ८ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode

गोडैता, १० माघ – सर्लाहीको गोडैता नगरपालिकाले राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनको १०० थान पुस्तक खरिद गरेको छ । वीरगन्जमा बन्द अवस्थामा रहेको कृषि औजार कारखानालाई आफ्नो जीवनमा आधारित पुुस्तक बेचेको पैसाले नै संचालनमा ल्याउने महान लक्ष्य लिएर पुन किताब बेच्दै हिँडेका छन् । सर्लाहीबाटै किताब बेच्दै पूर्वी जिल्ला उदयपुर पुगेका पुनलाई आज गोडैता बोलाएर नगरपालिकाले १०० थान पुस्तक खरिद गरिदिएको हो । आज नै जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीलगायत सबै भएर अर्को थप १०० थान पुस्तक व्यक्तिगत हिसाबले समेत खरिद गरिएको गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले जानकारी दिए । निस्वार्थ र महान लक्ष्यका साथ किताब बेच्दै हिँडेका पुनको अभियानमा थोरै भएपनि टेवा पुगोस् भन्ने उद्देश्यले नगरपालिका कार्यालय तथा व्यक्तिगत रुपमा समेत किताब खरिद गरिएको मेयर यादवको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय