२०८३ श्रावण १९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाहीको कौडेना गाउँपालिकाले सामाजिक सञ्जालमा फैलाइएको मिथ्या सूचनाको विरोध गर्दै आपत्ति जनाएको छ। आज आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले बेरुजुको विषयमा केही युवाहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी अनर्गल प्रचार गरेको आरोप लगाए। उनले सामाजिक सञ्जालमा जथाभावी ‘स्टाटस’ लेखेर आफ्नो बद्नामी गर्ने प्रयास गरीरहेको र गाउँपालिकाका नागरिकहरूलाई भ्रमित पार्ने काम भएको बताए।महालेखा परीक्षकको कार्यालयले प्रकाशित गरेको प्रतिवेदनलाई आधार बनाएर युवाहरूको एक समूहले गाउँपालिकाविरुद्ध अफवाह फैलाउने काम गरेको बब्लुले दाबी गरे। उनले भने, आफू गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि नै कुनै तलब, भत्ता, यातायात सुविधा वा सरकारबाट प्रवाह हुने अन्य कुनै सेवा-सुविधा नलिएको तर सामाजिक सञ्जालमा आफूलाई बद्नाम गराउन अनर्गल प्रचार गरिएको छ।अध्यक्ष रूपेश कुमार (बब्लु)ले गाउँपालिकामा कुनै भ्रष्टाचार नभएको स्पष्ट गर्दै आर्थिक वर्ष २०८०/८१ मा बेरुजु रकम एक करोड २२ लाख मात्र रहेको बताए। उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा बेरुजु तीन करोड ७५ लाख थियो, तर अहिले यो रकम आधा भन्दा कम रहेको छ।बब्लुले अघिल्लो जनप्रतिनिधिहरूको पालामा सुरु भएका योजनाहरूले अहिलेको बेरुजुमा योगदान पुर्‍याएको बताए। विशेष गरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालय भवन निर्माणका लागि रकम निकासा गरिएको तर विवादका कारण भवन निर्माण नहुँदा उक्त रकम बेरुजुमा परेको हो। उनले कागजात नपुगेका शिर्षकमा आवश्यक कागजात संकलन गर्ने र असुल गर्नुपर्ने बेरुजु रकम असुलउपरको प्रक्रियामा रहेको उल्लेख गरे।गाउँपालिकाका लेखा प्रमुख हरिनारायण साहले बेरुजुमा देखिएको रकमलाई भ्रष्टाचारको संज्ञा दिन नमिल्ने स्पष्ट पारे। उनले आर्थिक वर्षको अन्तिममा काम भइसकेर पनि कागजात नआउनु, भर्पाई नपुग्नु जस्ता कारणले बेरुजु देखिने गरेको बताए। उनका अनुसार, हाल गाउँपालिकाले ती बेरुजुमा कडाइका साथ कागजात संकलन गरिरहेको छ र जहाँ आवश्यक छ नगदै असुलउपरको प्रक्रिया जारी छ।कौडेनास्थित कृषि तथा पशुपन्छी विकास भवनमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाकी उपाध्यक्ष नगीना देवी, प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव राय लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। अध्यक्ष बब्लुले गाउँपालिकामा भइरहेको कामलाई गलत रूपमा प्रस्तुत नगर्न र गलत प्रचारप्रसार गरेर जनतालाई भ्रमित नगर्न समेत आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय