२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही : सर्लाहीको बिष्णु गाउँपालिकाले गाउँपालिकास्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । बिष्णु गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गत आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न भएका स्वास्थ्य कार्यक्रमको समीक्षा गरिएको हो ।आर्थिक वर्ष २०८०/०८१ को स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा बिष्णु गाउँपालिका अन्तर्गतका ८ वटा स्वास्थ्य संस्थाले गरेको कामहरूको प्रस्तुतीकरण गर्दै लक्ष्यअनुसारको प्रगति हासिल गर्न आइपरेका चुनौती र समस्यामा व्यापक छलफल भइ आगामी वर्षमा सुधार गर्नुपर्ने विषयमा कार्ययोजना बनाइएको बिष्णु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अंजय यादवले बताए ।उनका अनुसार कार्यक्रममा गाउँपालिकाभित्रका स्वास्थ्य केन्द्रहरुको अवस्था,बजेट र खर्चको अवस्था तथा बित्तिय प्रगति विवरण,सम्पन्न हुन नसकेका कार्यक्रम,स्वास्थ्य संस्थालाई आवश्यक औषधि तथा उपकरणको अवस्थाका साथै सेवाग्राहीलाई दिइने सेवाको अवस्थाका बारेमा स्वास्थ्य संस्थाका प्रमुखहरुले सहभागीहरुलाई जानकारी गराएका थिए ।त्यस्तै, बिष्णु गाउँपालिकाअन्तर्गतका ८ वटा स्वास्थ्य संस्थामध्ये मूल्यांकनको आधारमा पहिलो स्थान प्राप्त गर्ने बिष्णु वडा नं:३ मधुवन स्वास्थ्य चौकी,दोस्रो वडा नं.६ सिमरा स्वास्थ्य चौकी र तेस्रो स्थान प्राप्त गर्न सफल भएको वडा नं.८ बत्रौल स्वास्थ्य चौकीका इन्चार्जलाई गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत संजीब सापकोटा र स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवलकिशोर झाले संयुक्तरूपमा सम्मानपत्र प्रदान गरेका थिए ।कार्यक्रममा बिष्णु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीब सापकोटाले वार्षिकरुपमा गरेको कामको समीक्षासँगै स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले सीमित साधान स्रोतका बाबजुद यहाँका स्वास्थ्यकर्मीहरुले देखाएको सक्रियता प्रसंशनीय रहेको भन्दै स्वास्थ्यकर्मीहरुप्रति धन्यवाद व्यक्त गरे । बिष्णु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीब सापकोटाको अध्यक्षता एवम् स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाको उपस्थितमा दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा बिष्णु गाउँपालिका स्वास्थ्य शाखा मातहतका ८ वटै वडामा कार्यरत स्वास्थ्यकर्मी,विभिन्न वडाका वडा अध्यक्ष,विभिन्न शाखाका शाखा प्रमुख,प्रादेशिक अस्पताल मलंगवाका प्रमुख डा. नवलकिशोर झा, जिल्ला अस्पताल सर्लाहीका तथ्यांक अधिकृत लालबाबु राय, वन हर्टका जिल्ला संयोजक अमरेन्द्र यादव,युएनएफपीका जिल्ला संयोजक बच्चालाल महतोसहित पत्रकारहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय