२०८३ श्रावण १८ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही-जिल्लामा पछिल्लो समय आगलागिका घटना बढ्न थालेपछि यो सर्वत्र चिन्ता र चासोको विषय बनेको छ । विहिबार सर्लाहीको विष्णु गाउँपालिका १ बारा उद्योरणमा आगलागि हुँदा ६५ घर जलेर नष्ट भएपछि यतिबेला सबैको ध्यान त्यसैतर्फ मोडिएको छ ।यसैक्रममा जनमत पार्टी सर्लाहीले आगलागि पीडितलाई राहत उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपत् व्यवस्थापन समितिलाई आग्रह गरेको छ । शुक्रबार आगलागि भएको स्थानको स्थलगत अनुगमन पछि जनमत पार्टीका जिल्ला ईन्चार्ज श्रीचन यादव(सुजन)ले एक प्रेस विज्ञप्ती जारी गर्दै आगलागि पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गर्नुभएको हो ।प्रेस विज्ञप्तीमा भनिएको छ, ‘बारा उद्योरणमा भएको आगलागिको घटनाले हामी अत्यन्तै दुःखित भएका छौं । आगलागिबाट घर गुमाएकाहरुप्रति हामी सहानुभूति प्रकट गर्दछौं । आगलागिबाट ६५ घर सबै जलेर खरानी भएको छ । पीडितहरु सबै विपन्न वर्गका छन् । घरसहित अन्नपात, लत्ताकपडा सबै जलेर खरानी भएपछि उनीहरु अहिले विचल्ली परेका छन् ।विशेषगरी साना साना बालबालिका, सुत्केरी महिला, विरामी तथा वृद्धवृद्धाहरुको अवस्था साच्चै नै नाजुक छ र कष्टकर जीवन विताउन बाध्य भएका छन् । वास बस्ने घर नै जलेर नष्ट भएपछि उनीहरुको अहिले भूकम्प पीडितको भन्दा कम छैन । तसर्थ उनीहरुलाई तत्काल गाँस र वासको व्यवस्था गर्न हामी जोडदार माग गर्दछौं ।’उहाँले विज्ञप्ती मार्फत् आगलागि पीडितलाई पक्की आवाशको व्यवस्था गर्न समेत जोडदार माग गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय