२०८३ श्रावण १९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही-बसबरिया गाउँपालिका ३ बंगलवामा सोमवार भएको आगलागीका पीडितहरूलाई गाउँपालिकाले राहत वितरण गरेको छ । पीडितलाई तत्काल आवश्यक पर्ने राहत र उद्धारका लागि गाउँपालिकाले राहत उपलब्ध गराएको हो । आगलागीबाट पीडित परिवारलाई राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष रामसिंहासन रायले जानकारी दिए । गाउँपालिकाले पीडितहरूलाई एघार हजार रुपैयाँ नगद, २५ केजी चामल, ५ केजी दाल, दुई केजी नुन, ७५० ग्राम मसला, खाने तेल १ लिटर,चाउचाउ,प्याज २ केजी, आलु ५ केजी, चिनी २ केजी र त्रिपाल एक थान उपलब्ध गराएको हो । सोमबार पीडितहरूलाई गाउँमै पुगेर गाउँपालिका अध्यक्ष रामसिंहासन राय,वडा नं.१ का अध्यक्ष शिवेन्द्र मोहन यादव,कार्य पालिका सदस्य प्रदीप यादव,प्रमुख प्रशासकीय अधिकृत चुनचुन प्रसाद यादब लगायतले राहत वितरण गरे । सोमवार बिहान स्थानीय रामविश्वास माझीको घरबाट सल्केको आगोले अचानक सुरु भएको आगलागी ले बबंगलवा वार्ड नंबर ३ का ५ जनाको घर पूर्णरुपमा जलेर खरानी भएको थियो । आगलागीले विन्देश्वर माझी, नारायण माझी,दिनेश माझी,जोकु माझी र नरेश राय को घर गोठ जलेर नष्ट भएका थिए । आग लागी बाट पाँच लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय